मंगलबार, मंसिर ९ २०७७
काठमाडौं ०३:०७
वासिङटन डिसी 16:22

वरिष्ठ कथाकार मधुवन पौडेललाई मैनाली कथा सम्मान

इनेप्लिज २०७१ चैत १६ गते १५:२८ मा प्रकाशित

२०७१ चैत १६, काठमाडौं ।
साहित्यिक पत्रकार संघले आगामी कथा दिवसको अवसरमा वरिष्ठ कथाकार मधुवन पौडेललाई कथाका क्षेत्रमा पु¥याएको उल्लेखनीय योगदानवापत मैनाली कथा सम्मान २०७१ प्रदान गर्ने निर्णय गरेको छ । संघको विशेष कार्यसमितिका संयोजक राधेश्याम लेकालीको अध्यक्षतामा आज बसेको कार्यसमितिको बैठकले सो निर्णय गरेको हो । कथाकार पौडेलका बाँच्नुको विवशता चपाएको दन्न्तकथा, नलिनी भाउजु, म र मेरो परिवेश, अवतरण र अरू कथाहरू जस्ता कथा कृतिहरू प्रकाशित रहेका छन् ।

वि.सं. २०३८ सालदेखि निरन्तर कथा दिवस मनाउँदै आएको साहित्यिक पत्रकार संघले सोही दिन विशेष लघुकथा वाचनको आयोजनासमेत गर्ने भएको छ ।

मैनाली कथा सम्मानबाट यसअघि वरिष्ठ कथाकारहरू क्रमशः मदनमणि दीक्षित, गोविन्दबहादुर मल्ल गोठाले, डा.धु्रवचन्द्र गौतम, परशु प्रधान, डा.दयाराम श्रेष्ठ ‘सम्भव’, हरिहर खनाललगायत सम्मानित भइसक्नु भएको छ ।

प्रतिक्रिया