छैठो टोरोन्टो नेपाली फिल्म फेस्टिवल सम्पन्न

इनेप्लिज २०७१ चैत १६ गते ७:४६ मा प्रकाशित

15033026p1टोरोन्टो शहरलाई अन्तर्राष्ट्रिय चलचित्र महत्सवको शहर पनि भनिन्छ । वर्षभरीनै यहाँ विभिन्न प्रकारका

अन्तराष्ट्रिय चलचित्र महत्सवहरुको आयोजना हुने गर्दछ । त्यसमा सबैभन्दा बढी चर्चामा रहेको टोरोन्टो अन्तर्राष्ट्रिय

चलचित्र महत्सव (टिफ) पनि एक हो । यस्तै अन्तर्राष्ट्रिय चलचित्र महत्सवको आयेजना गर्ने शहरमा टोरोन्टो नेपाली चलचित्र

महोत्सव (टि.एन.एफ.एफ.) ले पनि विगत ६ वर्षदेखि निरन्तरता पाउँदै आएको छ ।

२०१० मा टोरोन्टोका विभिन्न शैक्षिक संस्थाहरुमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आपसी छलफलपछि नेपाललाई नेपाली

चलचित्रका माध्यमबाट चिन्हाउने प्रयासका रुपमा शुरु भएको टोरोन्टो नेपाली चलचित्र महोत्सवको मुख्य उदृेश्य समसामयिक

नेपाली चलचित्रलाई टोरोन्टोमा चिन्हाउनु रहेको छ र यसले विगत ६ वर्षदेखि सफलता पाउदै आएको छ । यसपटक

टि.एन.एफ.एफ.ले नेपालमा आयोजना गरिने काठमाडौं अन्तर्राष्ट्रिय माउन्टेन फिल्म फेस्टिभलसँगको सहयोगमा टोरोन्टोमा

चलचित्र महोत्सव सम्पन्न गरेको थियो । माउन्टेन फिल्म फेस्टिभलमा समावेश भएका तथा उत्कृष्टताका रुपमा रहेका लघु

तथा डकुमेन्ट्री चलचित्रहरु टोरोन्टोमा प्रदर्शनको अवसर पाएको थियो । एक दिने चलचित्र महोत्सवमा सातवटा लघु तथा

डकुमेन्ट्री चलचित्रहरु प्रदर्शन गरिएको थियो । यसपटक पत्रकारबाट चलचित्र निर्माणमा प्रवेश गर्नु भएका भोजराज भटद्वारा

निर्देशित सुनाकली डकुमेन्ट्री चलचित्र उत्कृष्ठ भएको थियो । मुगु जस्तो विकट गाँउका महिला फुटबल टोलीले देखाएको

साहसको कथालाई अतियथार्थवादी छायाङ्कनबाट प्रस्तुत गरिएको सुनाकलीलाई यसपटकका टोरोन्टोका दर्शकले अत्याधिक

रुपमा मत दिएर उत्कृष्ठ बनाई दिएको थियो ।

छैठो टि.एन.एफ.एफ. महोत्सवका प्रमुख संयोजक लक्ष्य ढुङ्गानाले यसपटकको नेपाली तथा विदेशी दर्शकहरुको घुईचोलाई

भोलीका दिनमा टि.एन.एफ.एफ.को जिम्मेवारी बढेको र आगामी दिनमा यसलाई अझ राम्रो बनाउँदै लिएरजाने दायित्व बढेको

जानकारी दिनुभएको छ । यसपटक लगभग पाँचसयभन्दा बढी दर्शकले महोत्सवमा सहभागी भएका थिए ।

 

15033026p2

प्रतिक्रिया