हिन्दू आन्दोलन दिनप्रतिदिन सशक्त बन्दै

इनेप्लिज २०७१ चैत १६ गते ३:२५ मा प्रकाशित

 

 

Hindu leaderकाठमाडौं । नेपाललाई हिन्दूराष्ट्र कै रूपमा संविधानमा उल्लेख गर्नुपर्छ भन्ने आवाजहरू दिनप्रतिदिन झन–झन सशक्तरूपमा उठ्न थालेका छन् । गोष्ठी, सभासम्मेलन, बैठक हु“दै अब सनातन धर्म ॐकार परिवारभित्रका धर्मावलम्बीहरू सडक आन्दोलनसम्म आइपुगेका छन् । विश्वमै एकमात्र हिन्दूराष्ट्रको रूपमा रहेको र सबैभन्दा ठूलो पहिचार एवम् परिचय नै त्यही हिन्दू राष्ट्र भएको दाबी गर्दै यस प्रकारको महत्त्वपूर्ण मौलिक पहिचान एवम् विशेषताबाट यो मुलूकलाई हटाउन विनाकारण केही राजनीतिक नेताहरू विदेशीको लहैलहै र प्रलोभनमा परेर धर्मनिरपेक्षता बनाउन खोजेको आरोप लगाउ“दै कुनै पनि हालतमा धर्म निरपेक्षता हुन नदिने, कुनै पनि मुल्य चुकाउन परेपनि नेपाललाई संवैधानिक हिन्दू राष्ट्र कै रूपमा कायम राखिने सम्बन्धित अभियन्ताहरूले बताएका छन् ।

आइतवार काठमाडौंको तीनकुने कोटेश्वरमा बृहत् सनातन हिन्दू मोर्चा नेपालको आयोजनामा विभिन्न धार्मिक संघसंस्थाहरूको सहभागितामा एक धार्मिक सभा र सभा पछि र्यालीको आयोजना भएको थियो । सो र्याली तीनकुनेबाट संविधानसभा अगाडि आएर धर्नामा परिणत भएको थियो । सभालाई पूर्व सभामुख तारानाथ रानाभाट, हरिबोल भट्टराई, उमा श्रेष्ठ (हिमा) लगायतका वक्ताहरूले सम्बोधन गरेका थिए भने र्यालीपछि भएको धर्नासभालाई पूर्व गृहमन्त्री तथा नेपाली का“ग्रेस सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले सम्बोधन गर्नुभएको थियो ।Hindu julush

 

 

 

 

 

 

 

 

 

 

 

 

खड्काले हिन्दू राष्ट्र उल्लेख नभएको संविधान नेपालीको लागि संविधान नभएर त्यो कागजको खोस्टोमात्रै हनुे तथा त्यसलाई नेपाली जनताले नस्वीकार्ने र त्यो च्यातिने बताउनु भएको थियो । साथै खड्काले सभालाई सम्बोधन गर्दै स्वास्थ्यक्षेत्रभित्र मौलाएका विकृतिलाई हटाएर स्वास्थ्य सेवा एवम् अध्ययन अध्यापनलाई मज्बुत बनाउने माग सहित आमरण अनसनमा बसेका डा. गोविन्द के.सी.को अनसनको मागलाई तुरुन्त सरकारले विशेषतः प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने बताउ“दै डा. के.सी.को जीवन रक्षाको पक्षमा बोल्दै एउटा डा.को जीवन देशको लागि निकै महत्त्वपूर्ण हुने बताउनु भएको थियो । खड्काले यो Hindu ryali

 

मात्रै सांकेतिक धर्ना तथा र्याली हो, यसलाई बुझ्न कोसिस नगरिए भोलीका

 

दिनमा प्रहरीले रोक्दा पनि नरोकिने आन्दोलनको आ“धीबेरीको ज्वारभाटा

 

ल्याइने चेतावनी पनि दिनुभएको थियो ।Hindu sabha

 

र्यालीलाई प्रहरीले बागमतीपुलमै रोक्न कोसिस गरेको थियो तर सो प्रहरी रोकछेकलाई छिचोल्दै र्याली संविधानसभाको गेटसम्म आएर धर्नामा परिणत भएको थियो । नेपाली का“ग्रेस अन्तर्गत स्थापना भएको खुमबहादुरले नेतृत्त्व गर्नुभएको सनातन हिन्दूराष्ट्र स्थापना महाअभियानका तारानाथ रानाभाट, आनन्द ढुङ्गाना, प्रवक्ता कुमार रेग्मी, शिवराज जोशी (दैलेख) लगायत नेतृत्त्व तहका प्रतिनिधिहरू, संयुक्त सनातन मोर्चाका केन्द्रीय संयोजक डा. मिठाराम विश्वकर्मा, महामन्त्री दीपक सुवेदी, संहिता शास्त्री लगायत विश्व हिन्दू महासंघका राष्ट्रिय अन्तराष्ट्रिय स्तरका नेतृत्त्वतहका प्रतिनिधि, वैदिक सनातन हिन्दू राष्ट्र नेपाल संस्थागत संयुक्त संघर्ष समितिका सहसंयोजक गुणनिधि पन्थी, भारतदेखि आएका वि.जे.पि. तथा आरएसएस र विश्व हिन्दू परिषद् अन्तर्गतका प्रतिनिधिहरू, मातृशक्ति, युवा लगायत विभिन्न राजनीतिक दल र क्षेत्रका प्रतिनिधिसमेतको सहभागिता रहेको थियो ।

 

Hindu aandolan 15 Chaitra

प्रतिक्रिया