जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित

इनेप्लिज २०७१ चैत १६ गते ०:४२ मा प्रकाशित

jiwan 1

अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको तल्लो सदन ‘हाउस अफ डेलिगेट ‘का डेमोक्र्याटिक पार्टीको तर्फबाट उम्मेदवारी दिएका नेपाली मुलका जीवन तिवारी डेमोक्र्याटिक पार्टीका आधिकारिक उम्मेदवार घोषित भएका छन् l

डेमोक्र्याटिक पार्टीको आधिकारिक प्रेस बिज्ञप्ति अनुसार तिवारी आधिकारिक उम्मेदवार भएको उल्लेख गरेको छ l उनले आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचन नलड्नु पर्ने भएको छ l

तिवारीले भर्जिनियाको निर्वाचन क्षेत्र ८७ बाट हाउस अफ डेलिगेटका उम्मेदवार हुन् भने तिवारीको नाममा दलको तर्फ सर्बसम्मत जुटेको छ l

उक्त क्षेत्र रिपब्लिकन पार्टीका उम्मेदवारले पहिलो निर्वाचनमा करिब ५० मतको फरक र दोश्रो निर्वाचनमा १ सय ८७ मतले जितेका थिए l उक्त निर्वाचन क्षेत्र वाशिंगटन डिसी महानगर क्षेत्र वरपरका अन्य निर्वाचन क्षेत्र भन्दा अत्यन्तै प्रतिस्प्रद्धात्मक क्षेत्र मानिन्छ l

तिवारीले औपचारिक रुपमा उम्मेदवारीको घोषणा छिट्टै गर्ने भएका छन् भने उनले उठाएका शिक्षा ,स्वास्थ्य ,आवास ,विविधता आप्रवासन मुद्धाहरु निकै लोकप्रिय हुदै गएको छ l

तिवारीको नाममा डेमोक्र्याटिक पार्टी भित्र सर्बसम्मत बने पछि आगामी जुन ९ मा हुने प्राथमिक चरणको निर्वाचनमा चुनाब नलड्ने भएपछि तिवारीले आगामी नोभेम्बरमा ३ मा मात्र अन्तिम चरणको निर्वाचनमा रिपब्लिकन दलसंग प्रतिस्प्रद्धा गर्नु पर्ने भएको छ l

प्रतिक्रिया