घरटहरा हटाउने अभियान

इनेप्लिज २०७१ चैत १५ गते ३:०१ मा प्रकाशित

धुन्चे (रसुवा), १५ चैत । विभिन्न भागमा अतिक्रमण भएका सबै सरकारी जग्गा खाली गराई वृक्षरोपण गर्ने तयारी भएको छ ।

जिल्ला वन कार्यालय रसुवा, वन अतिक्रमण नियन्त्रण तथा व्यवस्थापन समितिले पहिलो चरणअन्तर्गत गोल्जुङको बहुङडाँडा, गतलाङको पार्वतीकुण्डमाथिको गुम्बा इलाका र गोदाम इलाका क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउने निर्णय भइसकेको जिल्ला वन अधिकृत राजेन्द्रप्रसाद निरौलाले जानकारी दिनुभयो ।

घरटहरा बनाउने सबै सरकारी जग्गा अतिक्रमणकारीलाई हटाउन आग्रह गरिसकेकाले अटेर भएमा बल प्रयोग हुने वन कार्यालयले जनाएको छ । विगतमा यहाँ कार्यरत वन प्रशासकबाट भएका अव्यवस्थाका कारण डाँडागाउँको बउँसे, चिलिमृको तातोपानी र थुमनको नागथली क्षेत्रमा सरकारी जग्गा अतिक्रमण हुँदा वर्तमान अवस्थामा जग्गा खाली गराउन निकै मेहनत गर्नुपरेको नागरिक समाजले जनाएको छ ।

प्रतिक्रिया