अर्थ आवर दिवश भव्यरुपमा सम्पन्न
लन्डन सनिबारको दिन बेलायत फोक्सटन नजिकै नेपाली रेष्टुरेण्ट लेमनलिफमा विश्व नेपाली साहित्य महासङ्ग बेलायतको आयोजनामा अर्थ आवर दिवश भव्यरुपमा सुसम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि फोक्सटन बेलायतका पहिलो गोर्खा तथा पुर्व काउन्सिलर धन गुरुङ्ग र कार्यक्रमका सभापती विश्व नेपाली साहित्य महासङ्ग बेलायतका अध्यक्ष श्री विश्वासदिप तिगेलाकोे संयुक्त बाहुलीबाट दिप प्रज्वलन गरि कार्यक्रम औपचारिकरुपमा उद्घघाटन गरिएको थियो । नेपाली राष्ट्रिय गानबाट सुरुवात गरिएको कार्यक्रममा उपस्थित प्रमुख अथिती र विशेष अथितीहरु, बेलायत प्रतिभा प्रतिष्ठानका कोषध्यक्ष पत्रकार देबेन्द्र खेरेश र खोटाङ्ग प्रतिभा प्रतिष्ठानका संस्थापक गितकार ईश्वर चाम्लीङ्गले अर्थ आवारबारे प्रतिबद्वता मन्तव्य छोटो मिठो रुपमा राख्नु भएको थियो ।
विश्व नेपाली साहित्य महासङ्ग बेलायतका आयोजनामा कविता, गित र मुक्तकहरु विभिन्न मोडहरुबाट प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा वाचन लगतै विश्व नेपाली साहित्य महासङ्ग बेलायतका अध्यक्ष श्री विश्वासदिप तिगेलाकाले कविता,गित र मुक्तकका बारेमा समिक्षा मन्तब्य राख्दै आफनो शिर्जनाहरु कार्यक्रममाझ पस्कनु भएको थियो । उक्त कार्यक्रममा आफनो शिर्जनाहरु प्रस्तुत गरिएकोमा विशेष र भावनात्मक भन्दै वातावरणविद् हितानलाई प्रमुख अतिथिबाट आप्नो शिर्जनाहरु निरन्तर रुपमा नेपाली समाजमा अगाडी बढाउनका निम्ती प्रोत्सहनस्वरुप विश्व नेपाली साहित्य महासंघ बेलायतको तर्फबाट कवि हितानलाई प्रमाणपत्र हस्तान्तरण गरिएको थियो ।
समारोहका प्रमुख अतिथि बेलायत फोक्सटनका पुर्व काउन्सिलर धन गुरुङ्गले यस्ता रचनात्मक कार्य र सम्वेदनशील भावनाले नै समाजमा नयाँ विचार र नयाँ समाजको विस्तार बन्ने सोच व्यक्त राख्नु हुदै नेपाली गीत “आमा मलाई पनि बाच्न देउ, यो धतीमा” बोलको गीत गाउदा उपस्थित सतप्रतिशत भाबुक र मत्रमुग्द देखिएका थिए । कार्यक्रमको अन्त्यतिर सिर्जना वाचनको शुरुवात अप्जसे कान्छाको कविता वातावरण शिर्शकमा एकल वाचन शुरुवात गरिएको थियो, त्यस्तै गरि प्रकृतीको जादु क्रिष्टिना घम, सिता पुर्जा पुनले पहिलो गिती एल्बमका पहिलो गित सुनाउनु भएको थियो । यसैगरि कवि बिजय हितान, विज्ञान विषयमा विद्ययबारती अर्को वर्ष पुरा गर्न लागेका विद्यार्थी महा रार्ई लगायतले आधा दर्जन कविहरुले आफ्नो सिर्जना पस्केका थिए ।
बेलायतमै हास्यविधामा चर्चित बनेका नरेश नाती विचार र चिन्तनशिर तिर मात्र सिमित छैनन नेपाली गीत संगितमा पनि रमाउने सजक आजको कार्यक्रममा हास्य व्यग्यात्मकरुपमा आफनो मुक्तक र क्यारिकेचर प्रस्तुत गर्दा उपस्थित माहोलको स्वरुप र परिवर्तनको मोड बेग्लै रहेको थियो । विश्व नेपाली साहित्य महासङ्घ बेलायतका अध्यक्ष विश्वसदिप तिगेलाले हरेक साल अर्थ आवार दिवश भव्यरुपमा मनाउदै जाने कसम उपस्थितमाझ जानकारी दिएका छन । विश्व नेपाली साहित्य महासङ्ग बेलायतका अध्यक्ष विश्वसदिप तिगेलाको सभापतित्वमा आयोजित उक्त कार्यक्रमका संन्चालन रोशन राईले गरेका थिए ।
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया