लोमान्थाङमा तरकारी खेती विस्तार
मुस्ताङ, १३ चैत । हिमाली जिल्ला मुस्ताङको प्रमुख पर्यटकीय गन्तव्य लोमान्थाङमा व्यावसायिक तरकारी खेती विस्तार गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले पर्यटकलाई लक्षित गर्दै करिब २० हेक्टर क्षेत्रफलमा तरकारी खेती विस्तार गरेको जनाएको छ । यसअघि त्यस क्षेत्रका किसानहरुले व्यक्तिगतरुपमा केही हिस्सा मात्र खेती गर्दै आएका थिए ।
लोमान्थाङको सम्भावना भएका सबै वडामा तरकारी खेती विस्तार गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार लोमान्थाङमा चैतदेखि भदौसम्म मौसमी तथा वेमौसमी सागसब्जी, काउली र केराउ खेती गर्न सकिन्छ ।
“यो सिजनबाहेक अरु समयमा यहाँ काम गर्नसक्ने मान्छे नै हुँदैन् त्यसैलाई लक्षित गरेर हामीले तरकारी खेतीको व्यवसायीकरणका लागि खेती विस्तार अभियान सुरु गरेका छौँ, वरिष्ठ कृषि विकास अधिकृत अधिकारीले भन्नुभयो, “यस क्षेत्रमा सबैभन्दा राम्रो केराउ खेती हुन्छ ।”
उपल्लो क्षेत्रको लोमान्थाङसहित, छोण्हुप, छोसेर, चराङ र सुर्खाङ गाविसमा केराउ खेती अत्यधिक राम्रो हुने प्राविधिकहरुको भनाइ छ ।
लोमान्थाङलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन नसक्दा पर्यटक सिजनमा त्यहाँका पर्यटन व्यवसायी जिल्ला सदरमुकाम जोमसोमलगायतका क्षेत्रबाट सागसब्जी लैजानुपर्ने बाध्यता छ ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया