इन्भटरको माग बड्यो

इनेप्लिज २०७१ चैत ११ गते ८:०१ मा प्रकाशित

indexवीरगन्ज (पर्सा), ११ चैत । वीरगन्जसहित यस क्षेत्रमा दैनिक १० घन्टाका दरले विद्युत् कटौती हुन थालेपछि यहाँ इन्भटरको माग बढेको छ ।

वीरगन्जमा रहेका इन्भटर पसलमा यसको खरिद बिक्री गर्नेको माग बढी आएको यहाँका व्यवसायीले बताएका छन् । लोडसेडिङ्गका कारण ग्राहकले इन्भटर खरिद गर्नुको विकल्प नदेखेका कारण माग बढेको स्थानीय सन्तोष हार्डवयरका सञ्चालक सन्तोष साहले बताउनुभयो ।

रु दुई हजारदेखि रु ३० हजारसम्मको दैनिक रु ४० हजारका इन्भटर बिक्री भइरहेको उहाँले जानकारी दिनुभयो ।

विद्युत् कटौती अत्यधिक हुनथालेका कारण आफूहरु इन्भटर खरिद गर्न बाध्य भएको सोही पसलमा इन्भटर खरिद गरिरहेका स्थानीयवासी रामबहादुर थापाले बताउनुभयो ।

वीरगन्जका बजारबाट अहिले लाखौंँको इन्भटर बिक्री भइरहेका यहाँका व्यपारीहरूले बताएका छन् । लोडसेडिङग बढेका कारण इन्भटरको माग बढेको व्यवसायीको भनाइ छ ।

प्रतिक्रिया