दुर्घटनामा एकको मृत्यु
इनेप्लिज
२०७१ चैत ११ गते ५:५० मा प्रकाशित
गजुरी (धादिङ), ११ चैत । पृथ्वीराजमार्गअन्तर्गत धादिङको बेनिघाटमा आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख ४१६३ नं को यात्रुबाहक बसले बिहान ८ बजे बेनिघाट बजारमा सडक किनारमा हिँडिरहेको २८ वर्षीया लक्ष्मी गुरुङलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक हेमन्त भण्डारीले बताउनुभयो ।
घटनापछि बजारवासीले राजमार्ग अवरुद्ध गरेका थिए । प्रहरी, बजारवासी, पीडित पक्षसमेतको छलफलपछि क्षतिपूर्ति दिने सहमतिमा डेढ घन्टापछि राजमार्ग खुलेको प्रहरीले जनाएको छ ।
अमेरिकामा १ करोड १ लाख ७५ हजार मानिस कोरोनाबाट मुक्त ,७ करोड ५२ लाखले खोप लगाए
अमेरिकामा जन्मेकी प्राप्तिले अनलाइन मार्फत बालबालिकालाई नेपाली पढ्न र लेख्न सिकाउदै
सिडिसीले मतदान गर्दै जोन्सन एण्ड जोन्सनको खोप अमेरिकामा चलाउन सिफारिस
मेरिल्याण्डमा गोली प्रहारबाट एक जनाको मृत्यु
न्यूयोर्कका गभर्नर कुमो बिरुद्ध लागेको यौन उत्पीडन समीक्षा गर्न स्वतन्त्र वकिल चयन गर्न आग्रह
प्रतिक्रिया