रौतहट, ११ चैत । रौतहटको उत्तरी भेगका कृषकले गर्मी मौसममा पशु चौपायामा देखापर्ने पिपिआर रोगविरुद्धको खोप उपलब्ध गराउन जिल्ला पशुसेवा कार्यालयसमक्ष माग गरेका छन् ।
गर्मी मौसममा खसीबाख्रामा पिपिआर रोगविरुद्धको खोप उपलब्ध गराउन जिल्ला पशुसेवा कार्यालय गौर तथा पशु विकास कार्यालय चन्द्रनिगाहपुरले ध्यान नदिएपछि चन्द्रपुर नगरपालिकालगायत आसपासका पशुपालक कृषक चिन्तित बनेका छन् ।
चन्द्रपुर नगरपालिका क्षेत्रको गैँडाटारलगायत स्थानमा १० भन्दा बढी व्यावसायिक बाख्रा फार्म सञ्चालनमा रहेका छन् । महामारीका रुपमा फैलने उक्त रोगको खोप तत्काल उपलब्ध गराउन कृषकले सम्बन्धित निकायसमक्ष माग गरेका हुन् ।
प्रतिबाख्राखसी रु ५० पर्ने उक्त खोप लगाउन कृषकले नसक्ने भएका कारण तत्काल उपलब्ध गराउन माग गरिएको व्यावसायिक पशुपालक कृषक रवि देवकोटाले बताउनुभयो ।
प्रतिक्रिया