पालमा बास बसेर परीक्षा
इनेप्लिज
२०७१ चैत १० गते ८:३७ मा प्रकाशित
जाजरकोट, १० चैत । जाजरकोटको लिम्सा एसएलसी परीक्षा केन्द्रमा पालमा बास बसेर करिब ४०० भन्दा बढी विद्यार्थी परीक्षा दिन बाध्य छन् ।
परीक्षा केन्द्र नजिक घर नभएका कारण उनीहरु खुल्ला चौरमा पाल बिछ्याएर परीक्षा दिन बाध्य भएका हुन् । पानीको अभावमा उनीहरू नलगाड नदीको पानी पिउँछन् भने परीक्षा सकेर आफैँ खाना बनाई खानुपर्ने बाध्यता छ ।
जिल्लाका खगेनकोट, लहँ, डाँडागाउँ, सक्ला, नायकवाडा, रोकायगाउँ रामीडाँडाका परीक्षा दिइरहेको केन्द्राध्यक्ष गोरखबहादुर सिंहले जानकारी दिनुभयो । परीक्षा केन्द्रबाट अन्य गाविसमा जान एक दिनभन्दा बढी लाग्छ । खाना र बास बस्ने समस्याका कारण विद्यार्थी पालमा कोचाकोच भएर बसी परीक्षा दिनुपर्ने बाध्यता भएको खगेनकोटका परीक्षार्थी आयूष चन्दले जानकारी दिनुभयो ।
बाइडेनले टेक्ससको गभर्नरले मुखावरण हटाउने निर्णयलाई ‘पुरातनपंथी सोच’ किन भने ?
न्याकले आइतबार महिला दिवस मनाउने
नेपाली कांग्रेसका ऐतिहासिक योद्धा संग अन्तरक्रिया कार्यालयमा
अमेरिकामा १ करोड २० लाख कोरोनाबाट मुक्त, ७ करोड ८६ लाखले खोप लगाए
एनसीसिओको साधारण सभा भव्यताका साथ सम्पन्न, निजानन्द मल्ल दोश्रो कार्यकालको लागि अध्यक्षमा निर्वाचित
प्रतिक्रिया