फुङ्लिङ आगलागी: क्षतिको विवरण सङ्कलन हुँदै

इनेप्लिज २०७१ चैत १० गते ६:१५ मा प्रकाशित

aagoभद्रपुर, १० चैत । मेची अञ्चलको हिमाली जिल्ला ताप्लेजुङको फुङ्लिङ बजारको तोक्मेमा गएराति भएको भीषण आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन कार्य भइरहेको छ ।

स्थानीय पूर्वेली होटेलबाट ग्यास चुहावट भई सुरु भएको आगलागीबाट ३५ घर जलेर खरानी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आगलागीमा मानवीय क्षति नभए पनि के कति धन÷सम्पत्ति जल्यो भन्ने विवरण सङ्कलन भइरहेको छ ।
आगलागीलाई स्थानीय जनता र प्रहरीले नियन्त्रणमा लिएका छन् । आगलागी नियन्त्रणमा लिन इलाम र झापाबाट दमकल पठाइएको थियो । क्षतविक्षत भएको सो क्षेत्रमा अहिले प्रहरीले बाटो खुलाउन तीव्र गतिमा काम भइरहेको छ ।

प्रतिक्रिया