विषादी जडीबुटी खाँदा दम्पतीको मृत्यु
इनेप्लिज
२०७१ चैत ९ गते ५:३५ मा प्रकाशित
पोखरा, ९ चैत । विषादी जडीबुटी निरमसी झार पुवामा पकाई खाँदा पोखरा उपमहानगरपालिका–२७ हेम्जाका एक दम्पतीको आइतबार राति मृत्यु भएको छ ।
सो वडाका ६२ वर्षीय बलबहादुर केसी र ५७ वर्षीया श्रीमती लक्ष्मी केसीले निरमसी जडीबुटी खाएपछि सख्त बिरामी परेका र नयाँबजारस्थित चरक मेमोरियल अस्पतालमा उपचार गर्दागर्दै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
केही दिनपहिले शरीर दुखेको भनेपछि बलबहादुरलाई आफना एक छिमेकी महिलाले उक्त जडीबुटी ल्याइदिएकी र सो जडीबुटी खाने बित्तिकै दुवैजना बिरामी परेको बताइएको छ । मृतक दम्पतीका तीनवटै छोराछोरी अमेरिकामा बस्दै आएका छन् । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया