महासङ्घले वार्षिकोत्सवमा विविध कार्यक्रम गर्ने

इनेप्लिज २०७१ चैत ९ गते १:२६ मा प्रकाशित

fnjकाठमाडौँ, ९ चैत । नेपाल पत्रकार महासङ्घको केन्द्रीय पदाधिकारी र उपलब्ध केन्द्रीय सदस्यहरूको बैठकले ६०औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

बैठकले महासङ्घको स्थापना दिवसमा चैत १४ गते पत्रकार र संविधानसभाका सदस्यबीच दशरथ रङ्गशालामा दिउँसो ३ बजे मैत्रीपूर्ण फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

त्यस्तै, चैत १५ गते बिहान ८ बजे भृकुटीमण्डपमा रक्तदान कार्यक्रम गरिने, १६ गते भृकुटीमण्डपबाटै शान्तिबाटिकासम्म प्रभातफेरी गरिने र दिउँसो २ बजे प्रज्ञा–प्रतिष्ठानमा विशेष जलपान कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।

प्रतिक्रिया