एनआरएन अमेरिकाको उपाध्यक्षमा विनय अर्यालको चर्चा

इनेप्लिज २०७१ चैत ८ गते १२:२९ मा प्रकाशित

15032116eee

अनिल ढकाल, डिसि नेपाल संवाददाता – यति बेला अमेरिकामा रहेका गैर आवासिय नेपालीहरुमा चुनावि माहोल तातेको छ । नेतृत्वका लागि दोडधुप निकै चलेको छ । निर्वाचनको लागि विभिन्न पदमा उम्मेदवारि दिनेक्रम पनि बढ्दो छ । चुनावी माहोल तातिरहदा विनय अर्यालको पनि चर्चा बढी छ । अर्यालले गैर आवाशीय नेपाली संघ अमेरिकाको उपाध्यक्ष पदको लागि उम्मेदवारीको घोषणा गरेका हुन । आफ्ना ,शुभचिन्तकको सल्लाह अनुसार उम्मेदवारी दिने अर्यालले बताएका छन । विभिन्न संघ तथा संस्था संग आबद्ध रहेका अर्याल संचारकर्मी पनि हुन ।

नेपालमा रहदा नै सामाजिक काममा सक्रिय बन्ने गरेका अर्यालले अमेरिकाका पनि त्यसलाई निरन्तरता दिएका छन । आफ्नो अनुभवको आधारमा एनआरएनलाई अघि बढाउन उम्मेदवारी दिएको विनय अर्याल बताउछन । अर्याललाई जिताउनका लागि युवाहरु निकै लागि परेका छन । उनको माहोल बढाउनका लागि उनका पक्षधरहरु लागि परेका छन । “एक पटकको नेपाली सँधैको नेपाली” भन्ने नाराका साथमा विनय अर्याल चुनावी प्रचारमा लागेका छन । एनआरएनमा काम नहुने शैलि प्रति उनले कडारुपमा प्रतिवाद गरेका छन ।

अर्याल सन् २००५ देखि अमेरिकामा रहदै आएका छन । “एनआरएनले संस्थागत विकास गरी अहिलेको अवस्थालाई अझ होस्टेमा हैसे गर्न मेरो उम्मेदवारी हो” उनले भने

सम्भावनाका मार्गहरु प्रशस्त भउकोले पनि आफुले केहि गर्न सक्ने उनको विश्वास छ । युवाहरुको सहभागिताको साथ एन आर एन लाई अगाडी बढाउने आफ्नो मुख्य उदेश्य रहेको समेत उनले बताएका छन । “समाजका विभिन्न क्षेत्रका युवावर्गलाई संलग्न गराई एनआरएन लाई अग्रगामी दिशामा लैजाने छु”। अर्यालले भने ।

परदेशमा एक्लोपन भएको महसुस गरि रहेको भन्दै युवाहरुलाई स्वत स्फ़ुर्त सहभागिता गराई सामाजिक भूमिकाको अनुभूति गराई संलग्नता गराउने पनि प्रतिबद्धता ब्यक्त गरेका छन । नेतृत्व चयन गर्दा सहमति ,सम्बाद बाट सर्वसम्मति हुने सम्भावना रहे आफु समाजको हित तथा संस्थाको एकताको लागि त्याग र बलिदान गर्न तत्पर रहेको त्याग गर्न समेत तयार रहेको उनले बताए । उनले अतित कोट्याउदै ,उत्तर अमेरिका कै जेठो संस्थाका रुपमा चिनिएको अमेरिका नेपाल सोसाईटीमा महासचिबको उम्मेदवार भएता पनि एकताका लागि आफुले उम्मेदवारी त्याग गरेको संस्मरण गराए

उनको उम्मेदवारी किन भन्ने प्रश्नमा उनले भने “सामाजिक संस्था संग काम गरेको अनुभव, तिब्र ईच्छा, संकल्प भएको र त्यो संकल्प पुरा गर्न उम्मेदवारी हो” । निर्वाचनका समयमा उम्मेदवारबाट आउने सार्बजनिक रुपमा जारी गरिने प्रतिबद्धतामा आफु त्यति विश्वास नराख्ने भन्दै कागजी प्रतिबद्धता भन्दा काम गरेर नै अगाडी बढ्न चाहना ब्यक्त गरेका छन । अमेरिकामा बसोबास गर्ने प्रवाशीहरुको समस्यालाई प्राथमिकतामा राखेको र लगानीका सुरक्षा सवालमा पनि त्यति नै चासो रहेको अयार्लको भनाई छ । एनआरएन अमेरिकाका उपाध्यक्षका प्रत्यासी बिनय अर्याल अमेरिका नेपाल टेलिभिजनका समाचार वाचक हुन् ।

यसै गरि अमेरिका नेपाल सोसाईटी डिसीका पूर्व कार्यकारी समितिका पदाधिकारी, नेपाल पत्रकार संघ अमेरिकाका सदस्य, युएनडिपी तथा वर्ड्स बैंकको परियोजनामा नेपालमा काम गरेको उनको अनुभव छ । उनी नेपाल स्पोर्ट्स एंड कल्चर इन्टरनेसनलका वर्तमान महासचिब पनि हुन् । विनय अर्यालले आफ्नो चुनाव प्रचारका लागि “कुरा र गफमा हैन कर्ममा विश्वास विश्वास गरौ” भन्ने नारा बनाएर आफुलाई जिताए सबैको अधिकारका लागि गरेर देखाउने बताएका छन ।

हाल ब्यबसायको संचालनार्थ नर्थ क्यारोलिनामा बसोबास भएता पनि अर्याल भर्जिनियाका स्थाई निवासी हुन् । जनवरी ३१ सम्म मात्र सदस्यता वितरण हुने भएकोले समयमा सदस्य लिनु हुन् आग्रह गर्दै अमेरिकामा रहेका नेपाली समुदायले आफ्नो उम्मेदवारीलाई पूर्ण समर्थन तथा अनुमोदन गर्ने विश्वास अर्यालको छ । एनआरएनलाई पहुँच हुनेहरुको मात्र नभई सर्बसाधारणको समेतको साझा बनाउने भन्ने कुरालाई उनले जोड दिएका छन ।

आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको तेस्रो वार्षिक साधारण सभा तथा राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । विधान सशोधन, महासचिव प्रतिवेदन लगायत विभिन्न विषयमा साधारण सभामा छलफल हुने कार्यक्रम रहेको बताईएको छ । करिब १२ हजार सदस्य रहेको एनआरएन एनसीसी अमेरिकामा नयाँ नेतृत्वका लागि एक महिना पछि निर्वाचन हुदैछ । अमेरिकामा हाल नेपालीको सङ्ख्या २ लाख भन्दा बढी नेपाली रहेको अनुमान छ ।

प्रतिक्रिया