बाह्र बोरा ‘गाइड’ बरामद

इनेप्लिज २०७१ चैत ८ गते ४:२६ मा प्रकाशित

safe_image.phpगौशाला, ८ चैत । प्रवेशिका परीक्षाको तेस्रो दिन आज महोत्तरीका विभिन्न परीक्षा केन्द्रबाट परीक्षा सुरु हुनुभन्दा अगावै १२ बोरा गाइड बरामद भएको छ ।

कुल पच्चीस परीक्षा केन्द्रमा विद्यार्थी प्रवेश गर्ने क्रममै कडा जाँच गरेर उनीहरुको साथबाट गाइड र अन्य सहयोगी पुस्तक बरामद गरिएको जिल्ला शिक्षा अधिकारी अरविन्दलाल कर्णले बताउनुभयो ।

केन्द्रमा खटाइएका प्रहरी सुरक्षाकर्मी तथा निरीक्षक र सहयोगीले शरीरका विभिन्न भागमा लुकाएर परीक्षा कक्षभित्र लैजान लागेका विद्यार्थीबाट सामग्री खोस्न सफल भएका हुन् ।
पाँच वटा परीक्षा अनुगमन समिति नियमित जाँचका लागि सबै परीक्षा केन्द्रमा पुग्ने गरेका छन् । जलेश्वर कारागारमा गरी १० हजार ५८१ विद्यार्थी परीक्षामा सहभागी छन् ।

प्रतिक्रिया