आलु गोदाममा आगलागी

इनेप्लिज २०७१ चैत ७ गते ६:५० मा प्रकाशित

aaglagi1गाईघाट (उदयपुर), ७ तैत । उदयपुरको त्रियुगा नगरपालिका–२ स्थित गाईघाट बजारको तरकारी बजारको एक आलु गोदाममा गएराति आगलागी भएको छ ।

राति जोगेन्द्र साहको आलु गोदाममा आगलागी हुँदा गोदामघर पूर्णरुपमा जलेर नष्ट भएकोे छ ।

आगलागीबाट झन्डै रु दुई लाख ५० हजार बराबरको क्षति भएको नगर प्रहरी कार्यालय गाईघाटले जनाएको छ ।

आगलागी प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया