संरक्षक नहुँदा दुई बालबालिका बिचल्लीमा
धनकुटा, ६ चैत । बाबु बेपत्ता र आमा जेल परेपछि धनकुटाको आँखीसल्लाका दुई बालबालिकाको बिचल्ली भएको छ ।
आफ्नो पालनपोषण गर्ने कोही नभएपछि बालबालिका धनकुटा कारागारमा रहेकी आफ्नी आमाका शरणमा आइपुगेका छन् ।
नौ वर्षअघिदेखि बाबु बेपत्ता भएको र आमा पनि छ महिनादेखि चोरी मुद्दामा जेल परेपछि आँखीसल्ला–२ का १२ वर्षीय अपाङ्गता भएका बालक आयुष दर्नाल र उनकी बहिनी १० वर्षीया आयुष्माको बिचल्ली भएको हो ।
वैदेशिक रोजगारमा जाने भन्दै नौ वर्षअघि घरबाट हिँडेका बुबा कमल दर्नाल हालसम्म पनि परिवारसँग सम्पर्कमा छैनन् ।
आमा जेल परेपछि छ महिनादेखि आफन्त मेखबहादुरको घरमा उनीहरू बस्दै आएका थिए । तर, आफन्तले समेत पालनपोषण गर्न नसक्ने भएपछि अहिले उनीहरू कारागारमा रहेकी आमाको शरणमा कारागारमै आइपुगेका हुन् । तर, उमेरका कारणले आमासँग राख्न नमिल्ने भएकाले बालबालिकालाई खान बस्न समस्या भएको कारागारका खरिदार विश्वनाथ दाहालले बताउनुभयो ।
दाहालका अनुसार सामान्यतयाः स्तनपान गर्दै आएका बालबालिका मात्र आफ्नो आमासँग कारागारमै बस्न पाउँछन् ।
श्रीमान पनि बेपत्ता रहेको र आफू पनि जेलमा भएकाले छोराछोरीको बिचल्ली भएको भन्दै जेलमा रहेकी सीताले कोही कसैले केटाकेटीको पढाइ र पालनपोषणमा सहयोग गरेमा ठूलो उपकार हुने बताउनुभयो ।
चोरीको आरोपमा गत भदौमा जेल परेकी सीतालाई दोषी ठहर गर्दै जिल्ला अदालत धनकुटाले गत मङ्सिर १० गते एक महिना कैद र एक लाख जरिवाना तोकेको थियो । तर, सीताले एक महिना कैद भुक्तान गरिसकेको भएपनि एक लाख जरिवाना तिर्न नसकेको कारण उनले चार वर्ष कैद भुक्तान गर्नुपर्नेछ ।
फिप्नाको स्थानीय विभागको आयोजनामा अन्तरक्रियात्मक प्रशिक्षण सम्पन्न
कोभिड-१९ बिरुद्ध खोप तथा ताजा जानकारी सम्बन्धि अन्तरक्रिया कार्यक्रम हुने
जर्जियाका एक किशोरले आफू काम गर्ने बिशाल बजार पसलबाट करिव १० लाख डलर चोरी गरेको आरोपमा पक्राउ
अमेरिका र मेक्सिको सीमामा १९ जनालाई गोली हानी जलाईएका शव फेला
मेरिल्याण्डमा १७ बर्षिय किशोरलाई राजमार्गमै गोली हानी हत्या
प्रतिक्रिया