ढुङ्गाले च्याप्पिएर तीनको मृत्यु
इनेप्लिज
२०७१ चैत ६ गते ३:५१ मा प्रकाशित
डोटी, ६ चैत । डोटीमा ढुङ्गा निकाल्दै गर्दा च्यापियर तीनजनाको मृत्यु भएको छ ।
डोटी जिल्लाको उत्तरमा पर्ने डौड गाविसको भल्मा भन्ने ठाउँमा घरको छाना छाउने ढुङ्गा निकाल्ने क्रममा बिहीबार च्याप्पियर तीनजनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा डौड गाविस–३ का खली विष्ट, भक्त विष्ट र कन्थे विष्ट रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
गम्भीर घाइते लालबहादुर बोगटीलाई उपचारको लागि नेपालगन्ज पठाइएको प्रहरीले जनाएको छ ।
न्युयोर्कमा मनाईयो गिरीजावावुको९९ औं जन्मजयन्ती
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
तीन हजार नेपालीहरुको सहभागिता रहेको ऐतिहासिक एएनए सम्मेलन सम्पन्न
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
प्रतिक्रिया