रकम पठाउने ठाउँमा नै भिजिटिङ कार्डका नाममा ठगी
चरीकोट, ५ चैत । सदरमुकाम चरिकोटस्थित आइएमई सेन्टरमा आफ्नै भिजिटिङ कार्डका नाममा ठगी हुने गरेको पाइएको छ ।
खाडीका मरुभूमिमा पसिना बगाएर पठाएको रकम झिक्न आउने ग्राहकसँग भिजिटिङ कार्ड भिडाएर जबरजस्ती पैसा लिइरहेको ग्राहकले गुनासो गरेका छन् ।
व्यापारिक प्रयोजनका लागि गरिने प्रवद्र्धनात्मक सूचना सम्बन्धित प्रकाशन, प्रसारण गर्ने निकायलाई उसले निर्धारण गरेको दर अनुसार भुक्तानी दिएर विज्ञापन गर्ने गरिन्छ ।
आइएमई सेन्टरमा पुग्ने जो कोही ग्राहकसँग तपाईलाई यहाँको फोन राखिएको छ, फोन गर्नु भन्दै आफ्नै भिजिटिङ कार्ड दिएर रु पाँचदेखि २० सम्म असुल्ने गरिएको छ ।
ग्राहकसँग फोटोकपी गर्नेभन्दै सक्कली नागरिकता लिने र त्यसैभित्र भिजिटिङ कार्डसमेत राखेर रकम असुल्ने गरेको डाँडाखर्क गाविसका एक ग्राहकले बताउनुभयो ।
जति पटक त्यहाँ गयो त्यत्तिनै पटक भिजिटिङ कार्ड दिने गरेको उहाँले बताउनुभयो । चरिकोटमा भीमेश्वर नगरपालिका–२ का राजेश श्रेष्ठले आइएमई सेन्टर सञ्चालन गर्दै आएका छन् ।
उहाँले एउटै सेन्टरमा पायल कोल्ड स्टोरबाट प्रभु, वेस्टर्न युनियनसहित २१ वटा बिप्रेषन कम्पनीबाट कारोबार गर्ने गर्नुभएको छ । बिप्रेषन कारोबार सञ्चलन गर्ने पायल कोल्डस्टोरका सञ्चालक राजेश श्रेष्ठले हरेक पटक ग्राहकले भिजिटिङ कार्ड हराएको भन्ने गरेको हुँदा पैसा लिने गरेको बताउनुभयो ।
उहाँले दैनिक २०० भन्दा बढी भिजिटिङ कार्ड बिक्रीबाट लामो समयदेखि ठगी गरिहेका छन् ।
लामो समयदेखि बजारमा सर्वसाधारणसँग ठगी गरेता पनि बजार अनुगमन जिम्मा पाएको जिल्ला प्रशासन कार्यालय अनविज्ञ छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यसबारे आफूलाई पहिलो पटक जानकारी आएको बताउनुभयो ।
दशैँतिहार बाहेकको अन्य समयमा स्थानीय प्रशासनले बजार अनुगमन गरेको पाइदैन ।
रश्मी श्रेष्ठ बनिन क्विन्स केटिएम लायन्स क्लबको अध्यक्ष
अमेरिकी न्याय विभागद्वारा एरिजोनालाई मतदान गर्न नागरिकताको प्रमाण चाहिने नयाँ निर्वाचन कानून बिरुद्ध मुद्दा दायर
अमेरिकाका लागी पूर्ब राजदूत डा० अर्जुन कार्की न्युयोर्कमा
हामीले दोश्रो पुस्तालाई नेपालको गौरवको बारेमा बताउनु पर्ने : नेपाली कांग्रेसमा महामन्त्रि बिश्व प्रकाश शर्मा
एनआरएनए एनसीसी अमेरिकाको ११ औं साधारणसभा सुरु, आज ज्ञान सम्मेलन
प्रतिक्रिया