क्यालिफोर्नियामा नारी दिवस यसरी मनाईयो

इनेप्लिज २०७१ चैत ४ गते २२:१९ मा प्रकाशित

ca 2

१ सय ५ औ विश्व नारि दिवस क्यालिफोर्नियामा गत मार्च १५ तारिख “उठौ दिदिबहिनी संसारमा लम्कन, ब्युझौ दिदिबहिनि हाम्रो ईतिहास कोर्न “भन्ने सन्देशका साथ नेपाली महिला विश्व संजाल (एनडब्लुजीएन)क्यालिफोर्निया शाखाको आयोजनामा भब्यताको साथ मनाईयो l

बिष्णु गुरुङ “एकता” को अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा फियानो माँ स्टेट बोर्ड अफ ईक्वालाइजेसनका सदस्य मुख्य अथिति रहेका थिए l

बिशेष अतिथिको रुपमा निर्देशक, निर्माता एवं नायक आकाश अधिकारीको पनि उपस्थिति रहेको थियो भने कार्यक्रमको संयोजक अप्सरा सिजापति तथा सांस्कृतिक संयोजक लक्ष्मी खरेलले गरेका थिए।

दियो प्रज्वलन साना नानीहरुबाट उद्घाटन गरिएको उक्त कार्यक्रममा स्थानीय आमा साथै समाजसेवी महिलाहरुलाई खादा लगाई सम्मान गरिएको थियो ।

नेपाली समाजमा लामो समय देखि दिदीबहिनीहरुलाई हरेक किसिमले मदत गर्दै आउनु भएकी मिना श्रेष्ठलाई कम्युनिटी ईस्ट्याण्डिङ्ग अवार्डले सम्मान गरिएको थियो l प्रसंसा पुरस्कार जस बहादुर गुरुङ तथा अध्यक्ष पुरस्कार खड्का सिजापतिलाई प्रदान गरिएको थियो l

अमेरिकामा आएर उच्च शिक्षा हासिल गरेका किशोरीहरुलाई अचिभमेन्ट पुरस्कारले सम्मान गरिएको थियो भने उक्त पुरस्कार बाट सम्म्मानित हुनेहरुमा अदिति दाहाल, सन्ध्या धिताल, आङ डिकी शेर्पा, माया शेर्पा, रेष्मा दवाडी, कबिता खड्का, शीला गुरुङ, मन्दोदरी लिम्बु तथा शशी गुरुङ थिए।

नारीहरुको बिचार, धारणा प्रदर्शन कार्यक्रममा अरुको सम्मान गर्नु भन्दा पहिला आफुलाई आफैले विश्वास र सम्मान गर्नु पर्दछ भन्ने कुरालाई मान्यता दिदै संजालका सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई संस्थाकी अध्यक्षले खादा लगाएर सम्मान गर्दै आसन ग्रहण गराएकी थिइन् l

नारीको सम्मान, स्वत्रन्त्रता, हक अधिकार, आत्मसम्मान देखि विश्व नारी दिवस र संजालसँग सम्बन्धित बिभिन्न बिषयबस्तुमा आफ्नो बिचार जोडतोडले राख्नेहरुमा गीता श्रेष्ठ, संगीता गुरुङ, सुनिता भण्डारी थापा, अप्सरा खड्का सिजापति, गीता ड़ोंगोल, बिष्णु शर्मा, लक्ष्मी खरेल, अनिता सिग्देल, मनोहरा थापा बोगटी, शोभा थापा, तारा पौडेल चालिसे, सुनिता सापकोटा, बिन्दु सापकोटा, प्रिश्किला प्रधान दाहाल, कमला प्याकुरेल, विष्णु घले र पार्वती लामा थिईन। साथै किशोरीहरुमा सुवानी सिजापति र सुरंगना सिजापतिले बलात्कारको बिरोधमा आवाज उठाएका थिए । कार्यक्रम संचालन मनु पुनले गरेकी थिइन्।

तिमि बिना अधुरो छ सधै यो संसार सपनाहरु पुरा गर्न पाईलाहरु अघि सार भनेर दिदीबहिनीहरुलाई ब्युझन आब्हान गर्दै गायिका लक्ष्मी खरेल साथै साथीहरुको स्वरमा उद्घाटन गित घन्काउदै सांस्कृतिक साँझ संदेशमूलक साथै रमणीय बनाएका थिए।

यस साँझमा भाग लिने कलाकारहरुमा सुरंगना सिजापति, प्रकाश पोख्रेल, प्राप्ती अधिकारि, सुमी महर्जन, आकृति पाण्डे, सुबास सिजापति, प्रासिस गौतम, तिप्तिम निरौला, एरिक, र रमा पोख्रेलले कबिता बाचन गरेकी थिइन् । महिलाको पहिचान गृहणी होईन। कुनै पनि काम महिला भएकै कारण असम्भव भन्ने कुनै कुरा छैन बश पाईला अघि सार भन्ने संदेश दिदै दिदीबहिनीहरुले नाटक प्रस्तुत गरेका गरेका थिए।

नाटकमा भाग लिने पात्रहरुमा लक्ष्मी खरेल, अप्सरा खड्का सिजापति, सुनिता भण्डारी थापा, बिन्दु सापकोटा, मिना खड्का कार्की, सिन्धु पोख्रेल, शोभा अधिकारि तथा सबिना भट्टराई थिए l नाटक सुवानी सिजापतिले रचेकी थिइन् ।

राम्रो सहभागिता रहेको उक्त अन्तरराष्ट्रिय नारी दिवस कार्यक्रम संचालन मनु पुन, रश्मिता डंगोल, संगीता गुरुङ र सुनिता सापकोटाले गरेका थिए। कार्यक्रममा कासा अश्टेका- मिलपिटास, दुर्गा दाहाल- सेक्रोमेण्टो, लक्ष्मी चौधरी- बर्कली, राजन थापा- बर्कली, डिल्ली भट्टराई- सन्नीभेल, सगरमाथा ट्याक्स सर्विस, ईश्वर सिटौलाले आर्थिक सहयोग गरेका थिए।

कार्यक्रमको अन्त्यमा डिजे.को आयोजना पनि गरिएको थियो l

ca 6

ca 1

ca 8

ca 5

प्रतिक्रिया