चितवनमा विद्यार्थीद्वारा बन्द राजमार्ग प्रहरीले बल प्रयोग गरी खुलायो
रत्ननगर (चितवन), ४ चैत । पूर्वी चितवनको खैरहनीमा आज सहपाठीको मृत्युको विषयमा विद्यार्थीले दोषीलाई कारबाहीको माग गर्दै आज प्रदर्शन गरेका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको खैरहनी पर्साबजारमा उनीहरुले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका हुन् । सडक बन्द गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेर बाटो खुलाएको थियो ।
आज करिब एकघन्टा सडक अवरुद्ध भएको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । सो क्रममा प्रहरीले लाठी चार्जसमेत गर्नुपरेको उनीहरुले बताए ।
चैत १ गते खैरहनीको नेपाल आदर्श शिक्षा सदनको होस्टेलमा कठार गाविसका विद्यार्थी १७ वर्षका गौरव बस्नेतको मृत्यु भएपछि तीन दिनदेखि स्थानीयवासीले आन्दोलन जारी राखेका छन् ।
स्थानीय प्रशासनले आफ्नो मागमा सुनुवाई नगरेकाले आन्दोलन नरोक्ने स्थानीय छिमेकी रामबहादुर दाहालले बताउनुभयो ।
उनीहरुले विद्यार्थीको मृत्यु आत्महत्या नभई हत्या भएको आरोप लगाउँदै दोषिमाथि कारबाही गर्न माग गर्दै आएका छन् । पीडितलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरुको अर्काे माग छ । यसकारण मृतकको शव परीक्षण हुननसकी भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
एसएलसी परीक्षाको तयारीमा रहेका कठार गाविसका कक्षा १० मा अध्ययनरत् विद्यार्थी बस्नेतको चैत १ गते विद्यालयको छात्रावासमा मृत्यु भएको थियो । टि सर्टको पासो लगाएर आत्महत्या गरेको दाबी विद्यालयले गरेको छ । सो विषयमा छलफल गर्नका लागि सोही स्कुलका प्रिन्सिपल विन्दु पौडेल र होस्टेल इन्चार्ज सन्तोष पौडेललाई हिरासतमा लिइएको प्रहरीले बताएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।
अमेरिकी तल्लो सदनद्वारा समानता ऐन पारित
सुजु आचार्यको ‘फुल टिप्न जादा ‘ गीत सार्वजनिक !
सिनेटद्वारा मिसिगनकी पूर्व गभर्नर जेनिफर ग्रानहोमलाई ऊर्जा सचिवमा अनुमोदन
दुई वर्षको कानुनी लडाई पछि ट्रम्पको गोप्य कर विवरण जिल्ला अधिवक्ताको हातमा
लेडी गागाको कुकुर घुमाउनेको छातीमा गोली प्रहार गर्दै फ्रेन्च बुलडग नामक दुई कुकुर चोरी
प्रतिक्रिया