कार दुर्घटनामा भारतीयको मृत्यु

इनेप्लिज २०७१ चैत २ गते ५:०४ मा प्रकाशित

accident-signरत्ननगर (चितवन), २ चैत । दारेचोक–७ चुम्लिङटारमा आज बिहान भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका भारत कानपुर बस्ने ३० वर्षीय विनित बर्माको उपचारका क्रममा चितवन मेडिकल कलेजमा बिहान ४ः३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा घाइते सोही ठाउँ बस्ने ३१ वर्षीय अमित बर्मा र अर्का विनित दुबेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आज बिहान करिब २ बजे काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको नं नखुलेको भारतीय कार सडकबाट ४०–५० मि तल त्रिशूली नदी किनारमा खस्दा सो घटना भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । कार तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ ।

प्रतिक्रिया