अनेसास डेलावर शाखाको गठन​ ​अध्यक्षमा गुणराज लुइटेल

इनेप्लिज २०७१ फागुन ३० गते २३:१० मा प्रकाशित

unnamed

अमेरिकाको डेलावर राज्यमा रहेका साहित्यप्रेमी नेपालीहरुको एक भेलाले साहित्यकार तथा पत्रकार गुणराज लुइटेलको अध्यक्षतामा अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को डेलावर शाखा गठन गरेको छ ।

सो अबसरमा अनेसासका अध्यक्ष पदम विश्वकर्माले शुभकामना दिनु हुंदै नव गठित डेलावर शाखाको पूर्ण सफलताको कामना गर्नु भएको छ । यस शाखाको गठनले अन्तर्राष्ट्रिय साहित्य समाजको साहित्य प्रबर्धन प्रयासमा नयां इटा थपिएको विचार ब्यक्त गर्नु हुंदै विश्वकर्माले अनेसास केन्द्रबाट पूर्ण सहयोग प्रदान गर्ने आश्वासन दिनु भयो ।

यसैगरी अनेसासका संस्थापक अध्यक्ष तथा उपन्यासकार होमनाथ सुवेदीले अनेसास डिसी मेट्रो क्षेत्रको महासचिवको अनुभव समेत सम्हाली सक्नु भएका गुणराज लुइटेलको नेतृत्वमा गठित डेलावर शाखाले निकै सशक्त कार्यक्रमहरु अगाडि ल्याउने विश्वास व्यक्त गर्नु भयो । उहाले यस शाखाले न्यूयोर्कदेखि डिसी क्षेत्रसम्मका शाखाहरु तथा केन्द्रसंग हातेमालो गरेर काम गर्ने आशा प्रकट गर्नु भयो ।

अनेसास बोर्ड अफ ट्रष्टिका अध्यक्ष डा. श्याम कार्कीले चांडै नै आफूले अनेसासका सवै शाखाहरुलाई राखेर शाखाहरुको संरचना र संस्थागत विकासको बारेमा छलफल गर्न लागेको जानकारी दिनु भयो । अनेसास सल्लाहकार तथा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलले शुभकामना सन्देश पठाउदै अव नेपाली साहित्यमा संख्या भन्दा पनि गुणस्तरको खांचो भएको सुझाव दिनु भयो ।

डेलावर च्याप्टर गठन भएकोमा अनेसास निवर्तमान अध्यक्ष गीता खत्री, अनेसास केन्द्रीय महासचिव गोवर्धन पूजा, अनेसास केन्द्रीय सचिव तथा डि.सी. च्याप्टर अध्यक्ष प्रकाश नेपाल, अनेसास कोषाध्यक्ष गीता पन्थ, मेरिल्याण्ड च्याप्टरका अध्यक्ष तीर्थ पाण्डे, अन्तरराष्ट्रिय कलाकार मञ्चका अध्यक्ष रामप्रसाद खनाल, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष गौतम दाहाल लगायतले आ-आफ्नो शुभकामना ब्यक्त गर्नु भएको छ ।

अनेसास डेलावर च्याप्टरमा रहनु भएका अन्य सहयात्रीहरुमा बिकाश श्रेष्ठ, विनय लुइटेल, प्रतीक श्रेष्ठ, गोकर्ण चालिसे, देव बैंजु, आश्मा शर्मा, ओम घले, दिपेश कार्की, अभिशेक झा, मनिष श्रेष्ठ तथा क्षमा लुइटेल हुनुहुन्छ । कार्य समितिको कार्यभार विभाजन तथा विस्तारको काम भने कार्य समितिको अर्को बैठकले गर्ने र चाडै नै डेलावर क्षेत्रमा एक औपचारिक साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ ।

प्रतिक्रिया