आइतबार, कार्तिक ९ २०७७
काठमाडौं २१:३८
वासिङटन डिसी 11:53

रुखमा झुण्डिएको अवस्थामा मृत फेला

इनेप्लिज २०७१ फागुन २८ गते १४:०८ मा प्रकाशित

suicideदार्चुला, २८ फागुन । दार्चुलाको लेकम क्षेत्रमा पर्ने मालीकार्जुन गाविस–६ मा एक युवक रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत्यु हुनेमा मालीकार्जुन–६ का अन्दाजी २६ वर्षीय ललितसिंह धामी रहेको प्रहरीले जनाएको छ ।

बुधबार घर नजिकैको रुखमा घाँटीमा डोरी लगाई झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगी घटनाबारे स्थानीयलाई समेत सोधपुछ गरेको थियो ।

प्रतिक्रिया