यस्ता छन् इन्दिरा त्रिपाठीका प्रतिवद्धताहरु

इनेप्लिज २०७१ फागुन २७ गते ११:४० मा प्रकाशित

unnamed

एनआरएन एनसीसी अमेरिकाको महिला संयोजक पदकी उम्मेदवार इन्दिरा त्रिपाठीले आफ्ना प्रतिवद्धता हरु सार्वजनिक गर्नुभएको छ ।

नेपाली महिलाहरुमाथि हुने गरेका हिंसा, शोषण, दमन, बलात्कार जस्ता अत्याचारविरुद्ध काम गर्ने र महिलाहरुलाई जनचेतनासम्बन्धी कार्यक्रमहरु सञ्चालन गर्ने प्रतिवद्धता त्रिपाठीको रहेको छ ।

नेपाली महिलाहरुको तथ्याङ्क संकलन गरि सीप र ज्ञानको विकासमा तालिम दिने, नव शिशुहरुलाई नेपाली भाषा सिकाउने, नेपालीहरुको तथ्याङ्कको आधारमा कम्युनिटी सेन्टर हरेक स्टेटमा बनाउन पहल गर्ने प्रतिवद्धता पनि त्रिपाठीले व्यक्त गर्नुभएको छ । यसबाहेक सबै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु लाई अमेरिकामा सवारी चालक अनुमतिपत्रका लागि नेपाली भाषामा परीक्षा दिन पाउनुपर्ने व्यवस्थाका लागि सहयोग गर्ने, विदेशमा रहेका आमाबुवा, हजुरबुवा हजुरआमाहरुको विदेशी नागरिकताका लागि
अन्तरवार्ता दिनुपर्दा दोभाषेको व्यवस्था गरि विदेशी नागरिकता लिन मिल्ने प्रावधान गर्न अमेरिकी सरकारसमक्ष पहल गर्ने, महिलाहरुका पेशा अनुसार संगठित पार्न र साधारण गतिविधि नर्सिङ व्यवसाय, बालबालिका गृह घर, बृद्धाश्रम, ब्यूटीपार्लर जस्ता कार्य अमेरिकी सरकारसँगको पहलमा नेपालीकरणमा परीक्षा दिने व्यवस्थामा सहयोग गर्ने प्रतिवद्धता पनि त्रिपाठीको रहेको छ ।

त्रिपाठीले एनआरएन अमेरिका राष्ट्रिय महिला समितिबाट लसएञ्जलसमा भएको अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा विश्व महिला कल्याणकारी कोषको स्थापना गरेर संसारभरिका महिलाहरुलाई समेट्ने स्पष्ट पार्नुभएको छ । यसबाट एनआरएन एनसीसी अमेरिकाको समन्वयमा बसी सम्पूर्ण नारीहरु खासगरि नेपाली महिलाहरुको हिंसा, शोषण, दमन, बलात्कार जस्ता अत्याचारविरुद्ध काम गर्ने र महिला हरुलाई जनचेतनासम्बन्धी काम गर्ने पनि त्रिपाठीको भनाई छ ।

995769_10151792349994218_2010349871_n

प्रतिक्रिया