मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं ००:५२
वासिङटन डिसी 15:07

करेन्ट लागेर मृत्यु

इनेप्लिज २०७१ फागुन २७ गते ५:३० मा प्रकाशित

ElectricalSafety-300x254गौशाला, २७ फागुन । करेन्ट लागेर महोत्तरीको सम्सी गाविसमा आज बिहान एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सम्सी गाविस– ८ बस्ने शिवशरण यादवका छोरा २५ वर्षीय सुरेन्द्र रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बिहान घरबाट वनतिर शौचालयको लागि गइरहेको सुरेन्द्रले सम्सी गाविस– ९ स्थित विद्युत् ट्रान्सफरमरको अर्थिङको तारमा छुन जाँदा तारमा करेन्ट लागेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताउनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया