बागलुङ पैयूँपाटाका २५० घरलाई खानेपानी आयोजना बन्दै
बागलुङ, २७ फागुन । जिल्लाको पैयूँपाटा गाविसमा करिब रु १ करोड २० लाख लगानीमा खानेपानी आयोजना बन्ने भएको छ ।
पैयूँपाटा वडा नं ६ र ७ का बासिन्दालाई लक्ष्य गरी बन्न लागेको आयोजनाको शिलान्यास गरिएको छ । यो वर्ष सांसद विकास कोषमार्फत छुट्याएको रु १० लाख बजेटबाट काम सुरु भएको हो ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङले निर्माणको जिम्मा लिएको छ । कार्यालयको आर्थिक तथा प्राविधिक सहयोग र स्थानीयको श्रमदानबाट आयोजना बन्न लागेको हो ।
बर्सेनि बजेट विनियोजनको मात्रा बढाएर समयमै आयोजना सम्पन्न गरिने कार्यालयले जनाएको छ । आयोजनाबाट २५० घरधुरी प्रत्यक्ष लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष भवानीप्रसाद रिजालले बताउनुभयो ।
आयोजना क्षेत्रमा ठूला ट्याङ्की र ८० वटा खानेपानी धारा निर्माण गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख पूर्णप्रसाद उपाध्यायले बताउनुभयो । “आयोजना सम्पन्न गर्न करिब रु एक करोड २० लाख लागत लाग्ने अनुमान छ, उपभोक्ता समिति र स्थानीयको सहयोग आवश्यक छ” उपाध्यायले भन्नुभयो । खानेपानी आयोजनाको नाम पैयूँपाटा ६ र ७ को खानेपानी आयोजना राखिएको छ ।
आयोजनाको शिलान्यास गर्दै बागलुङ क्षेत्र नं २ का सभासद् प्रकाश शर्मा पौडेलले विकास योजनाका काममा स्थानीयको अग्रसरता र सहभागिता महत्वपूर्ण हुने बताउनुभयो । आगामी दुई वर्षभित्र आयोजनाको निर्माण सक्ने लक्ष्य लिइएको छ ।
खानेपानी समस्या भाग्दै आएका वडा नं ६ र ७ का बासिन्दालाई आयोजना बनेपछि ठूलो राहत पुग्ने स्थानीय नारायण रिजालले बताउनुभयो । रिजालले भन्नुभयो “धारा भएर पनि पानी नआएपछि स्थानीय पानी लिन टाढाटाढा जान बाध्य छन् ।”
सदस्यता नविकरण तथा नयां सदस्यता दर्ता सम्बन्धि अनुरोध ।
टेनेसीमा ७० बर्षिय बृद्धले पानीहाँसका २ शिकारीलाई गोली हानी हत्या
मिसिगनकी गभर्नर ग्रेचेन व्हाइटमरलाई अपहरण गर्ने योजना बनाउने योजनाकार दोषी ठहर
अमेरिकी सदनमा दंगा र बिद्रोहमा संलग्न भएका १५० जनालाई न्याय विभागद्वारा अभियोग
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४२ हजार संक्रमित,३९९० जनाको मृत्यु
प्रतिक्रिया