मंगलबार, मंसिर १६ २०७७
काठमाडौं ११:३४
वासिङटन डिसी 00:49

फरार अभियुक्त पक्राउ

इनेप्लिज २०७१ फागुन २६ गते ८:३० मा प्रकाशित

pakraauसप्तरी, २६ फागुन । बेग्लाबेग्लै घटनाका दुई अपराधीलाई आज सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी हरिपुर गाविस– ४ का श्यामनन्द खग रहेको बताइएको छ । खगलाई बालिकालाई करणी गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच सात महिना अगाडि सप्तरीको सिम्राहा सिङ्गियोन गाविस– ६ बस्ने ४८ वर्षीया उर्मिलादेवी मण्डलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार रहेका स्थानीयवासी ४५ वर्षीया शत्रुधन मण्डललाई पनि पक्राउ गरिएको सप्तरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो ।

प्रतिक्रिया