कक्षाकोठा अभावले पालमुनि बसेर पढ्न बाध्य
म्याग्दी, २६ फागुन । म्याग्दीको मुदी–१ मा रहेको बुद्धि विकास माध्यमिक विद्यालयमा भवन अभावले विद्यार्थी खुलाचौरमा पाल टाँगेर पढ्न बाध्य छन् ।
भौगोलिक रुपमा विकटता भएको मुदीमा कक्षाकोठा भवन नहुँदा कक्षा ९ का विद्यार्थी विद्यालय परिसरमा पाल टाँगेर बनाएको छाप्रोमा बसेर बढ्न बाध्य भएका हुन् । विसं २०६६ देखि माध्यमिक तह सञ्चालन गरे पनि पूर्वाधार निर्माणमा सरकारी निकायबाट सहयोग नहुँदा भवनको अभाव भएको विद्यालयका प्रधानाध्यापक जगबहादुर किसानले बताउनुभयो । ‘‘विद्यालयको स्तरोन्नति ग¥र्यौं, विद्यार्थीले राहत पनि पाए तर भवन अभावले अहिले पालमुनि विद्यार्थी राखेर पढाउनुपर्ने बाध्यता छ”–उहाँले भन्नुभयो ।
उच्च हिमाली क्षेत्र भएकाले चिसो हावाहुरी, जाडोमा चिसो र गर्मीमा घामले पढाइ प्रभावित हुँदै आएको छ । सो विद्यालयमा लामो समयदेखि विद्यार्थीले पालमुनि बसेर पढ्दै आएका छन् ।
पालमुनि पठनपाठन गराउँदा पानी परेको समयमा विद्यार्थीको शैक्षिक सामग्री भिज्ने, जाडोको समयमा कठ्याङ्ग्रिएर लेख्न र पढ्न नसक्ने र पढाइप्रति विद्यार्थीको ध्यान नजानेजस्ता समस्या देखिएको शिक्षक कुलराज पौडेलले बताउनुभयो । हाल भएको कोठामध्ये चारवटा जीर्ण अवस्थामा रहेको विद्यालयले जनाएको छ ।
अमेरीकामा बाल नेपाली भाषा अनलाइन कक्षाको उद्घाटन समारोह सम्पन्न
चुनाव धाधली भन्दै ट्रम्पलाई उक्साउने माइपिलोका प्रमुख माइक लिनडेलको ट्वीटर बन्द
अमेरिकाको अलाबामामा घुम्रपात(टोर्नाडो)कम्तिमा एकको मृत्यु ,कैयौ गम्भीर घाइते र क्षति
अमेरिकामा एकैदिनमा कोरोनाबाट १ लाख ४७ हजार संक्रमित,१७५८ जनाको मृत्यु
टेक्ससको लवक नेपाली समाजले बार्षिक उत्सवमा महावीर पुन र सच्ची मैनालीलाई सहयोग
प्रतिक्रिया