कैले खुशी कैले दुख कैले पिर जिन्दगीमा
सुखा रोटि टार्छ कैले,कैले खिर जिन्दगीमा
खप्नु पर्ने बाधा धेरै शिखरको लक्ष्य भेट्न
उँभो लागु भन्दा उँधो कैले भिर जिन्दगीमा
संसारको रिति रे’छ अघि बढ्न खोज्दा तान्ने
फाली हैन सियो बनि कैले छिर जिन्दगीमा
.
शीत पर्छ हिउ जम्छ बास्प बन्छ कुनै बेला
आँखाबाट आँशु जस्तै कैले नीर जिन्दगीमा
.
उत्थान र पतनको लेखा जोखा राख्ने भए
झुकाउन पर्ने रे’छ कैले शिर जिन्दगीमा
.
धोका धेरै पाइञ्छ नै हरेश खादै खानु हुन्न
हुक्कालाइ जस्तै त हो कैले झिर जिन्दगीमा
.
आंधी पैरो धुलो धुवाँ पन्छाउनै पर्ने हुन्छ
राजनीति होला देशमा कैले थिर जिन्दगीमा
प्रतिक्रिया