जिउँदो इतिहाँस ‘गौकुमारी गुरुङ’को आँखामा ‘यो अमेरिका, त्यो नेपाल’

इनेप्लिज २०७१ फागुन २६ गते १:४९ मा प्रकाशित

Gau Kumari

पुरुषोत्तम ढकाल, लसएन्जल्स, २६ फागुन । सौन्दर्य ब्याबसायमा संलग्न लसएन्जल्स आस पासका नेपाली समुदायका महिलाहरु साताभर व्यस्त रहने दिनचर्याबीच यो आइतबार फुर्सदिला र रमाई रहेका देखिन्थे । अर्थात् १०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उनीहरु एकत्रित थिए स्थानिय हवेली रेस्टुरेन्टमा महिला मुक्तिको आन्दोलनका क्रममा राष्ट्रसंघले घोषण गरेको उत्सव मनाउन । र उनीहरुको साथमा थिइन् ओखलढुंगा थात थलो भएकी ९२ बर्षीय गौकुमारी गुरुङ जो दुई सताब्दी भोगेकी तर झन्डै एक सताब्दी जिन्दगीको यात्रा लड्दै अनि उभिदै बाँची सकेकी, बाँची रहेकी । सोमबार सिंगापुर हुँदै दुई बर्षको अमेरिका बसाइ पछि स्वदेश फर्किन लागेकी ९२ बर्षीय गौकुमारीकै सब्दमा एक साता हिंडेर राजधानी काठमाडौ आइपुग्ने उनको बर्षौ पुरानो दिनचर्या भन्दा स्वदेश फर्किने यात्रा छोटो छ । उनकै सब्दमा, ‘जुग बदलियो ।’ हुनत थात थलो ओखलढुंगामै हुने खानेमा गनिने गौकुमारी गुरुङ र उनको परिवारले एक साता हिंडेर राजधानी काठमाडौ छिचोल्ने काम मात्र गरेन उनका तिन छोरा र एक नातिले नेपाली सेनाको ‘कर्नेल’ उच्च तह सम्म पुग्ने भाग्यमानी यात्रा समेत पुरा गरेका छन् । लसएन्जल्समै बसोबास गरीरहेका उनका जेष्ठ सुपुत्र रिटायर्ड कर्नेल ध्रुब गुरुङको सब्दमा थात थलो ओखलढुंगाबाट काठमाडौ पुग्दाको सकसपूर्ण यात्राले जिन्दगीलाई अघि बढाउन प्रेरणा दिईरह्यो । दुई सताब्दीको नेपाललाई आफ्नै आँखाले नियालेकी गौकुमारी गुरुङ उमेरले एक सताब्दीको हाराहारीमा छिन तर आफु भन्दा १३ बर्ष जेठो १०५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मूख्य अतिथि बनेर बनेर मन्चमा आसिन हुँदा सिंगो हल जिउँदो इतिहाँस तर्फ केन्द्रित थियो, उनैलाई नियालिरहेको थियो र उनि यो उमेरसम्म यो पर्वसंग बेखबर थिइन् । लाग्थ्यो जुग बदलियो तर गौकुमारी गुरुङलाई देख्नेहरु त्यो युगको नेपाल उनि जस्तै रहेको अनुमान लगाउथे । घन्टौ लगाएर कुवा र कल धाराको पानि बोकेर जिन्दगी गुजारा गर्दा ढिकी, जाँतो र भारा पर्मको भर र अहिले उनको जेठो सुपुत्र अमेरिकाको घन्टे युगमा बाँची रहेको देख्दा उनलाई त्यो युगको सामाजिक सद्भाव, एकता र भाइचारा खट्किएको छ । सबैलाई आफ्नै सन्तान ठान्ने गौकुमारीले जानेको नेपालमा कलह थिएन, झगडा थिएन र जाती, भाषा र बर्णको बिभाजन पनि थिएन । गौकुमारीकै सब्दमा जिन्दगी जिउन दुख थियो तर मिलेर बसेका सबै नेपाली दुखि थिएनन् त्यसैलेता हरेक चाड पर्व मिलेर मनाउथे र सानो खुसीमा सबै मुस्कुराउथे । गौकुमारी भन्दै थिइन्, बाबु पुरुषोत्तम राजा मरे पछि खै के भयो, के भयो हाम्रो नेपालमा …कोहि खुसि छैन, कोहि सुखी छैन ।’ जुग बदलियो आमा भन्ने मेरो जिज्ञाशामा उनको भनाइ थियो, ‘हो बाबु हाम्रो पालामा रुम्जाटार पुग्ने समयमा म अमेरिकाबाट नेपाल पुग्दै छु तर मैले मेरो छोरो फेरी भेट्न खै के के कुराले हो मिल्दैनरे ..उनको यो युग प्रति, यो मानव बिकास र मान्छेले निर्माण गरेको बिकसित कानुन प्रति असन्तुष्टि थियो ।’ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उपस्थित सबैलाई उनको आशिर्बाद थियो, म ९२ बर्षे बृद्ध मान्छे फेरी भेट होलाकी नहोला तर सबै मिलेर बस्नु, बाँडेर खानु ।Live histry Gau Kumari

उनकै सब्दमा उनको पालामा महिलाले बोल्नु नमिल्ने, ठाडो शिर गर्नु नहुने जुग त बदलियो तर उनकै सब्दमा आइमाई सृष्टि हो, लज्जा, हैया, प्रेम, वात्सल्य र ममता महिलाका गहना हुन् स्वतन्त्र हुने नाउँमा इश्वरको यो अनुपम उपहार महिलाले सम्हाल्नु नसके धर्ति नासिने उनको भनाइ थियो । गैरआवासिय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा उनकै सामुन्ने उम्मेदबारी घोषणा गर्ने झन्डै आधि दर्जन महिला प्रति लक्षित थियो, ‘छोरा मान्छे नभई समाज चल्दैन मिलेर अघि बढ्नु पर्छ ।’ गैरआवासिय नेपाली संघ (एनआरएन) अमेरिकाकी महिला संयोजक उमा कार्कीको उनलाई मूख्य अतिथि बनाउने निर्णय सुनेर दङ्ग परेकी गौकुमारी फुरुंग थिइन् । आफ्नी बुहारी सरिता गुरुङको साथमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउन स्थानिय आर्टेशिया सहरको हवेली रेस्टुरेन्ट आइपुग्दा साँझ परी सकेको थियो सायद यो मेरिका छुटेकोमा उनलाई कुनै आपत्ति छैन आफ्नो मुटुको टुक्रो जेठो छोरो धुर्ब गुरुङ छुट्ने पीडाले होला छिन भरमै मलिन हुन्थिन । मायाबी शहर हलिवुड आसपासको यो रमझम सहितको नारी दिवसमा उनले जाँदा जाँदै भनिन ‘नारी दिवसमा हिन्दि गित सुन्नै पर्ने हो र!, त्यो गीतमा नाच्ने पर्ने हो र!, हाम्रो सोरठी, सालेजु, कौडा र लोक गीतमा पो नाच्नुत ।’ यतिबेला नेपाल फर्किने क्रममा रहेकी गौकुमारी गुरुङको प्रश्नको उत्तर उनले पाउलिन नपाउलिन तर उनि नलोभिएको मायाबी शहर लसएन्जल्समा बस्ने नेपालीहरुलाई उनको आशिर्बाद सहितको एउटा संदेश थियो ” जहाँ पुगे पनि हामि नेपाली मिलेर बस्नु, बाँडेर खानु, मातृभूमि नभुल्नु । एउटा जिउँदो इतिहाँसको साक्षी ९२ बर्षीय गौकुमारी गुरुङसंग भेटको मेसो मिलाउने गैरआवासिय नेपाली संघ (एनआरएन) अमेरिकाकी महिला संयोजक उमा कार्की र सम्पूर्ण महिलाहरुलाई सम्झना र आशिर्बाद सुनाइदेउ है बाबु भनेकी छिन उनले जाँदा जाँदै हात हल्लाएर ‘फेरी भेट होलाकी नहोला, जहाँ रहे पनि हामी नेपाली, मिलेर बस्नु, बाँडेर खानु, जातका कुरा नगर्नु, थांत थलो नभुल्नु । गौकुमारी भन्दै थिइन्, अलि अलि राणाको खटन देखे, राजा देखे, बहुदल देखे, नेपाल देखे, अमेरिका पनि देखें…त्यो युग र यो युगमा भएको परिवर्तन पनि देखें, भोगे तर बाबु, यो युगमा त्यो नेपाल होसकी अमेरिका नेपली जाति कहिँ कतै खुसि र सुखी देखिन ..के भाको होला यस्तो बाबु ?, गौकुमारीलाई मनको बह भन्न मान्थ्यो तर नेपाल फर्किने चटारोले बुहारी सरितासंग बाटो लागिन यता यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस पनि आयो गयो सकियो। उमेरले ७० पुग्दै गरेको जेठो छोरो र ५० पुग्दै गरेको जेठो नाति भन्दा दर्विलो हिंडाई हिडिरहेकी स्वस्थ गौकुमारी अस्वस्थ जेठो छोरा, जन्म भुमि नेपाल देश र त्यहाँको राजनीति देखेर दिक्क हुँदै भन्छिन, ‘त्यो दुखका दिनमात मिलेर बसियो अहिले किन भाड़ीएका होलान मान्छे ..कल कारखाना छ, बाटो घाटो छ, बिजुली बत्ति छ, स्कुल छ ..एक घण्टामा उडेर रुम्जाटार ..एक दिनमा गुडेर रुम्जाटार..मिले हुन्छ सबैको समृद्धि ..भाड़ीए कसो कसो ..कि कसो नानी ? लसएन्जल्स आस पासका नेपाली समुदायका महिलाहरुले यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस एउटा जिउँदो इतिहाँस गौकुमारी गुरुङलाई बिदाइ गर्दै नाचेर मनाए । समारोहमा यसै क्षेत्रबाट गैरआवासिय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदमा उमा कार्की, सहसचिव पदमा संगीता लम्साल ‘सिवाकोटी’, महिला संयोजकमा इन्दिरा त्रिपाठी र सदस्यमा सिता उप्रेती ‘प्रसाईले आफ्नो उम्मेदवारी घोषण गर्दै महिलाले हाक्ने एनआरएन अमेरिकाले सबै नेपाली अमेरिकन समेटिने दावी समेत गरे । सान डियागोका लागि नेपाली वाणिज्यदूत ऋषि ढकाल, एनआरएनका राजेन्द्र सिवाकोटी, बलराम थापा, शान्तिराम ढकाल, दिल श्रेष्ठ, पशुपति फाउन्डेशनका अध्यक्ष भक्त थापा  र एनआरएन अमेरिकाका सल्लाहकार कृष्ण कोइराला यस बर्षको अन्तर्राष्ट्रिय नारी दिवस समारोहका अतिथि थिए भने समारोहको उद्घोषण गरेका थिए सूर्य प्रसाईंले। समारोहमा महिला नेत्री टिका चौधरी, एकता समाजकी शारदा श्रेष्ठले महिला हकहितका बिषयमा बोलेका थिए भने सहभागीहरुलाई अगुवा महिला लक्ष्मी रानाभाटले स्वागत गरेको थिइन् । समारोहमा ९२ बर्षीय गौकुमारी गुरुङ र स्थानिय सेरिटोस कम्युनिटी कलेजका प्रमुख, प्राध्यापक शुक्लालाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा अभिनन्दन गरिएको थियो ।

NRN USA intl womans day

प्रतिक्रिया