नर्थ क्यारोलिनामा होलीसहित साधारणसभा
शिव बिष्ट–हाइ प्वाइन्ट, नर्थ क्यारोलिना । अमेरिकाको नर्थ क्यारोलिना राज्यको हाइ प्वाइन्टमा रहेका नेपालीहरूले हर्षोल्लासपूर्वक रङ्गहरूको पर्व होली मनाएका छन् । हाई प्वान्ट र ग्रिन्सबोरो क्षेत्रमा रहेका नेपालीहरूको प्रतिनिधिमूलक संस्था ट्रायड नेप्लिज कम्युनिटी सेन्टर (टीएनसीसी) ले आफ्नो साधारणसभासहित होली विशेष कार्यक्रम आयोजना गरेको हो ।
संस्थाले हालैमात्र खरिद गरेको नेपाल हेरिटेज सेन्टरमा भएको कार्यक्रममा संस्थाका करिव एक सय ५० भन्दा बढी सदस्यहरू उपस्थित थिए । संस्थाका अध्यक्ष नारायण खड्काको सभापतित्वमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षका लागि पुनः नारायण खड्काकै अध्यक्षतामा नयाँ कार्यकारी समिति निर्विरोध चयन गरेको छ । साधारणसभाबाट संस्थाको कार्यकारी उपाध्यक्षमा प्रभा मरहठ्ठा, उपाध्यक्षमा सुष्मा ढकाल, महासचिवमा रोसन भण्डारी, सहसचिवमा समीर गुरागाईं, कोषाध्यक्षमा रामजी कोइराला चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरूमा लक्ष्मण ढकाल, विशाल भारती, दीपक रानाभाट र सान्तवना खड्का निर्वाचित हुनुभएको निर्वाचन अधिकृतद्वय डा.सौभाग्य सिलवाल र उज्वल चालिसेले जानकारी दिनुभयो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष दिलबहादुर क्षेत्रीले उपस्थित सबैलाई स्वागत गर्दै विविध कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । संस्थाका महासचिव प्रसिम पौडेलले संस्थाले विगत कार्यकालभरि गरेका उल्लेखनीय कार्यक्रमहरूबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी डा.रितेश पौडेलले संस्थाले हालैमात्र खरिद गरेको भवन तथा पार्कस्थलबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा आर्थिक संकलन कोषका संयोजक वसन्त खड्काले भवन तथा स्थल खरिदका लागि आफूले अत्यन्तै कठीन कार्य गरेको अनुभव सुनाउँदै आगामी दिनमा पनि सबैको सहयोग प्राप्त भए संस्थाले चाँडै अझ बढी प्रगति गर्ने विश्वास ब्यक्त गर्नुभयो । त्यसैगरी संस्थाका कोषाध्यक्ष रामजी कोइरालाले वार्षिक आय–व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाद्वारा सञ्चालित नेपाली पाठशालाको प्रगति र चुनौतीका बारेमा डा.नारायण भट्टराईले प्रकाश पार्नुभएको थियो ।
कार्यक्रममा नेपाल–अमेरिका पत्रकार संघका उपाध्यक्ष शिव बिष्टले संस्थाको नवनिर्वाचित कार्यसमितिलाई बधाई र शुभकामना दिँदै संस्थाले आफूलाई आजीवन सदस्यता प्रदान गरेकोमा खुसी र अझ बढी जिम्मेवारी बढेको महसुस गरेको धारणा ब्यक्त गर्नुभएको थियो । साथै, उहाँले संस्थाले विगत दुईवर्षे कार्यकालमा अत्यन्तै सराहनीय कार्य गरेको भन्दै भावी दिनमा पनि सामाजिक तथा सांस्कृतिक प्रवद्र्धनमा सञ्चारकर्मी र सामाजिक संस्थाको भूमिका महत्वपूर्ण हुने धारणा ब्यक्त गर्नुभएको थियो ।
संस्थाका सदस्य दीपक रानाभाटले सञ्चालन गर्नुभएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष नारायण खड्काले सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी कार्यकालमा अझ बढी सक्रिय भएर लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो । आगामी दिनमा पनि सबैको सहयोग उत्तिकै आवश्यक हुने उहाँको अपेक्षा थियो । दोश्रो चरणको कार्यक्रममा सहभागीहरूले एक–आपसमा रङ्ग र अवीरसहित खुसी साटासाट गरेर होली मनाएका थिए । प्रवासी भूमिमा रहेर पनि नेपाली पवै आफ्नै नेपाली हेरिटेज सेन्टरमा मनाउन पाउँदा सहभागीहरू अत्यन्तै खुसी देखिन्थे ।
बाइडेनद्वारा ओभल कार्यालयमा नागरिक अधिकार र मजदूर नेताहरूका तस्बिरहरुको बेजोड सजावट
अमेरिकी सदनमा आक्रमणपछि अमेरिकी सदनका३८ प्रहरी र १५० राष्ट्रिय सैनिक कोभिड-१९ बाट संक्रमित
रिपब्लिकनका प्रतिनिधि सभा सदस्यले बन्दुक लिएर सभाकक्ष प्रवेशगर्दा उनलाई रोक
नेपाली फोहोरी राजनीति, ओली, प्रचण्ड, माधव, देउबा र बाबुरामहरु : एउटा भिडियो आलेख – रामप्रसाद खनाल
बाइडेनलाई राष्ट्रपति हुन नदिन सशक्त रुपमा लागेका दुई सिनेटर क्रुज र हले बिरुद्ध सिनेटमा नैतिक उजुरी पेश
प्रतिक्रिया