‘सगुन’ सामाजिक सञ्जाल प्रयोग गर्दा डलर फल्ने
१६ फागुन ,डिसी
अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापना भएको सामाजिक संजाल ‘सगुन डटकम’ ले एक समारोह बीच काठमाडौँमा आफ्नो संजाल विश्वव्यापी रुपमा बिस्तार गरेको छ lसगुन डटकम अमेरिका, भारत र नेपालबाट एकसाथ सार्वजनिक गरिएको हो । सगुनलाई गुगलजस्तै खोज यन्त्र बनाउने प्रयास गर्दै सामाजिक संजालको रुपमा विकास गरिएको छ l
सगुनमा फेसबुक, ट्वीटर, हृवाट्स एप, स्न्याप च्याट, इन्स्टाग्राम लगायतका संदेश संजालहरुको विशेषता रहेको छ । सगुनमा प्रयोगकर्ताहरुले आफै समुह खडा गरी सूचना तथा छाया चित्रहरु हिस्सा गर्न सक्नेछन् । र यसमा लोभ लाग्दो सुविधा भनेको सगुनमा गोप्य तथांक तथा सूचनाहरु भण्डार गरेर राख्न सकिन्छ ।
सगुनमा डटकममा खाता खोल्दा, साथी बनाउँदा, गोप्य संदेश पठाउँदा तथा अन्य गतिविधि गर्दा प्रयोगकर्ताले पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ l प्रयोगकर्ताले खोल्नासाथ आफ्नो पिग्गी बैंक(खुत्रुके )मा ५ डलर प्राप्त गर्नेछन् । यसरी जम्मा भएको रकम निश्चित समयपछि सगुनले आधिकारिकता प्रदान गरेका खुद्रा बिक्रेतासँग सगुन सोसल स्मार्ट कार्ड प्रयोग गरेर किनमेल गर्न सकिने छ । उक्त सगुन स्मार्ट पत्र प्रयोगकर्ताको नाफा सगुन एप्समा समावेश गरिएको हुनेछ तर नगद रकम पाईने छैन l
सगुनले आगामी तीन महिनाभित्र संजाललाई अझ सुधार संस्करण गर्ने सार्वजनिक गर्नुका साथै मोबाइल (घुम्ती )संस्करणमा समेत जाने आउने बताएको छ l आम्दानीलाई प्रयोगकर्तासँग हिस्सा गर्ने र आगामी ६ महिनाभित्रमा नेपालमा ५ लाख प्रयोगकर्ता बनाउने लक्ष्य रहेको बताईएको छ l
हाल सम्म सगुन डटकममा एक लाख १६ हजार दर्तावाल प्रयोगकर्ता रहेका छन् भने सगुनका फेसबुक तथा ट्वीटरसँग केही विशेषताहरु मेल खाएता पनि यसमा आफ्नै किसिमका विशेषताहरु रहेको बताइएको छ । गोप्य सूचना आदान प्रदान गर्न पनि सगुन निकै भरपर्दो माध्यम हुने बताईएको छ ।
सगुनले तीन महिनाभित्रमा आफ्नै प्रयोगशाला स्थापना गर्ने भएको छ l र, छिट्टै भारतकै अग्रणी प्राविधिक शिक्षालय भारतीय प्राविधिक प्रतिष्ठान संस्थासँग सहकार्य गर्ने पनि जनाएको छ l
सगुनका संस्थापक गोविन्द गिरीले नेपाली जनता र विश्वका लागि नयाँ प्रविधिको विकास गर्दै यो मौका प्रदान गर्न पाउँदा आफू निकै उत्साहित भएको बताए l सगुनले नेपालको नाम अन्तर्राष्ट्रिय जगतमा फेसबुक, गुगल, ट्वीटरले जस्तै नाम राख्ने कुरामा बिश्वस्त रहेको बताए l
नर्थ क्यारोलाइनामा एनआरएनए ज्ञान सम्मेलन तथा साधारण सभाको उद्घाटन कार्यक्रम सुरु
एनआरएनए साधारण सभाको लागि एनआरएनए अन्तर्राष्ट्रियका अध्यक्ष द्वय कूल आचार्य तथा रबिन थापा नर्थ क्यारोलाइनामा आगमन
साढे दश फीट अग्लो शिव मूर्ति डिसी महानगरमा भित्रियो
एएनए सम्मेलनमा अमेरिका-नेपाल आउने जाने टिकट जित्न सकिने
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
प्रतिक्रिया