एसिड पिडित संगितालाई दानबिर रक्तदाता अर्जुन मैनालीको सहयोग
इनेप्लिज
२०७१ फागुन १६ गते ३:५३ मा प्रकाशित

पुरुषोत्तम ढकाल, लसएन्जलस । न्यूयोर्कमा बसोबास गर्दै आएका दानबिर रक्तदाता अर्जुन मैनालीले एसिड प्रहारबाट घाइते किशोरी संगिता पुलामी मगरलाई नेपाली रुपिया २० हजार आर्थिक सहयोग गरेका छन् ।
प्रवाशका नेपालीहरुलाई रक्तदानको अभियानमा जोड्दै आएका अर्जुन मैनालीले उपचार र पर्ढाई खर्चबापत २० हजार सहयोग गरेका हुन् । मैनाली प्रवाशका नेपालीहरुमाझ रक्तदाता र दिन दुखीको सहयोगीका रुपमा परिचित रहँदै आएका छन् । रक्तदानका अभियन्ता मैनालीले गत आइतबारको घटनामा पीडित मध्यकी संगिता पुलामी मगरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरेको बताएका छन् ।
संगिताको हाल सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भइरहेको छ । सोहि घटनामा रौतहत मुलघर भई भीमसेनस्थान बस्ने १५ वर्षीया सीमा बस्नेत समेत घाइते भएकी थिइन् ।
यसैबीच रक्तदाता एवं दिन दुखीका सहयोगी मैनालीले हद्धयघातबाट मृत्यु भएका पत्रकार सञ्जीव घिमिरेका बच्चाहरुको लालनपालनकालागी समेत नेपाली रुपिया १० हजार रुपैयाँ सहयोग गरेका छन् । स्मरण रहोस दानबिर रक्तदाता अर्जुन मैनालीले डायस्पोराको नेपालीलाई रक्तदान अभियान चलाउनुको अतिरिक्त आफ्नो नियमित आम्दानीबाटै मातृभूमि नेपालका सयौं दिन दुखिलाई आर्थिक सहयोग पुर्याउदै आएका छन् ।
‘ललिता निवास प्रकरणमा राष्ट्रपति विद्या भण्डारीमाथि पनि अभियोग’
टेक्ससमा गोली लागि निधन भएका रमेश थापाको सहयोगार्थ गो फन्डमा खोलेको १८ घण्टा भित्र १३ हजार डलर संकलन
टेक्ससमा गोली हानेर नेपाली रमेश थापाको हत्या
जसलाई लाज लाग्नुपर्थ्यो, ऊ त वेसरम वन्यो
टेक्ससमा रमेश थापालाई गोली हानी हत्या गर्ने संदिग्ध २३ बर्षिय फ्रान्सिस ओ निल गिरफ्तार
अमेरिकाको म्याडिसनमा एनआरएनए अमेरिकाको चुनावी अन्तरकृया सम्पन्न
गिरिजा प्रसाद कोईराला फाउन्डेशन द्वारा तेस्रो चरणको कोरोना विरूद्द खोप कार्यक्रम सम्पन्न
नेब्रास्काको बिशाल बजारमा गोलीबारीमा दुई घाइते ,एकको अवस्था गम्भीर
अमेरिकाको इन्डियापोलिसमा भएको गोलीकाण्डमा ८ जना मध्ये ४ जना भारतीय मूलका शिखको मृत्यु
अमेरिकामा एकैदिनमा ७८,९३२ जना संक्रमित,१ करोड ५८ लाख कोरोना संक्रमित मुक्त
प्रतिक्रिया