नयाँ वैदेशिक लगानी नीति पारित
काठमाडौँ, १५ फागुन । सरकारले २२ वर्ष पुरानो वैदेशिक लगानी नीति प्रतिस्थापन गर्दै नयाँ नीति पारित गरेको छ ।
आर्थिक पूर्वाधार समितिको आजको बैठकले विदेशी लगानी नीति र एकद्वार नीति, २०४९ लाई प्रतिस्थापन गर्दै नयाँ नीति पारित गरेको हो ।
विदेशी लगानी सहज रुपमा भित्र्याउन पुराना नीति प्रतिस्थापन गरिएको बताउँदै उद्योग मन्त्री महेश बस्नेतले औद्योगिक विकासमा योगदान गर्न पारित नयाँ नीति सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
नयाँ वैदेशिक नीति पारित भएपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त कुरा गर्दै उहाँले विशेष आर्थिक क्षेत्रप्रति विदेशी लगानीकर्ता तथा स्वदेशी उद्यमीलाई आकर्षित गर्न नयाँ नीति ल्याइएको स्पष्ट गर्नुभयो ।
दुई दशक पुराना नीतिमा सामयिक सुधारको खाँचो औँल्याउँदै उद्यमी व्यवसायीले परिवर्तित समयअनुसार वैदेशिक लगानी नीति जारी गर्न सरकारसँग माग गर्दै आएका थिए ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया