दुर्घटनामा दुईको मृत्यु

इनेप्लिज २०७१ फागुन १५ गते ११:२२ मा प्रकाशित

accidentसप्तरी, १५ फागुन । यहाँ भएको छुटाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कल्याणपुर सडकखण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख १७७७ नंको बसले विपरीत दिशाबाट आउँदै गरेको स२प ३१२१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सप्तरीको हनुमाननगर–४ निवासी २३ वर्षीय रामचन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।

मोटसाइकलको पछाडि सवार सोही ठाउँका २१ वर्षीय रोशन चौधरी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ । घाइते चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै गाईघाट–कदमहा सडकखण्डअन्तर्गत सप्तरीको दौलतपुर– ५ मा बा३२प ६४९१ नम्बरको मोटरसाइकलले ठककर दिँदा स्थानीयवासी ६० वर्षीया गङ्गादेवी रामको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी रामलाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया