मानव बेचबिखनको आरोपमा भारतीय नागरिक पक्राउ
रत्ननगर (चितवन), १५ फागुन । नेपालमा मानव तस्कर गर्दै आएको आरोप लागेका एकजना भारतीय नागरिक चितवनको सौराहाबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनलाई पक्राउ गरी अहिले अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको छ । गएराति पक्राउ गरेका उनीसँगैका अन्य भने फरार छन् ।
प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले आवश्यक अनुसन्धान भइरहेकाले अनुसन्धान पूरा गरेपछि मात्रै घटनाबारे सार्वजनिक गर्ने बताउनुभयो ।
प्रहरी स्रोतका अनुसार उनकै नेतृत्वमा अन्य चार नेपाली संलग्न भई मानव बेचबिखन गर्ने गरेको र उनीहरु फरार रहेकाले खोजी भइरहेको छ ।
उनकै नेतृत्वमा विभिन्न जागिरको प्रलोभन देखाई नेपाली चेलीहरुलाई भारत लैजाँदै गरेको अवस्थामा हिजो भैरहवा नाकाबाट पाँच जनालाई उद्धार गरेको प्रहरीको भनाइ छ । प्रहरीले ती व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।
उनले जिप रिजर्भ गरी सुनौली नाकाबाट चेलीहरुलाई कटाउन खोज्दा हिजो चेलीको उद्धार भएको र ती व्यक्ति फरार हुन सफल भएका थिए । उनी त्यहाँबाट फरार भई सौराहाको एक होटलमा बस्न आइपुगेको बताइएको छ ।
अमेरिकी रक्षा सचिव: युक्रेन बैठकपछि २० देशले नयाँ सुरक्षा सहायता संपुष्टि(प्याकेज)घोषणा
क्यालिफोर्नियाको भीरबाट ४ जना खस्दा ,१ जनाको मृत्यु र २ जना महिला गम्भिर घाइते
अमेरिकाले ताइवानको रक्षा गर्न सैन्य हस्तक्षेप गर्नेछ :बाइडेन
स्टारबक्सले रूसमा आफ्ना सबै पसल बन्द गर्ने
क्विन्स टुगेदरको आयोजनामा जिपी कोइराला फाउन्डेसन अमेरिकाको सकृयता।
प्रतिक्रिया