लागुऔषधसहित दुई पक्राउ
लहान, १५ फागुन । सिरहाको लहान नगरपालिका–३ मा प्रहरीले लागुऔषध लुकाएर ल्याउने क्रममा दुईजनालाई यहाँ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–३ स्थायी घर भई मोरङको विराटनगर उपमहानगरपालिका–१२ बस्ने विशाल साहकी श्रीमती १९ वर्षीया सिमरनदेवी साह र भाइ १८ वर्षीय राजकुमार साह रहेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले जानकारी दिनुभयो ।
लहान नगरपालिका–३ स्थित अस्पताल चोकमा रहेको प्रहरी चेकिङ टोलीको आँखा छलेर दक्षिणतिरबाट पैदल आउँदै गरेका देवरभाउजूलाई शङ्का लागेर शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध भेटिएको हो ।
प्रहरीले देवरभाउजूले शरीरमा लुकाएर ल्याएको डाइजिल्याब ४० एम्पुल, फेनार्गन ४० एम्पुल, लुपिजेसिक ४० एम्पुल र फोर्टविन ४० एम्पुल बरामद गरेको प्रहरी उपरीक्षक फुँयालले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टेक्ससको ड्यालसको फोर्टओर्थमा गोलीबारी चल्दा ६ जना घाइते
न्यूयोर्क राज्य विधानसभा सदस्य मा. जेनिफर राजकुमारसंग फिफ्नाको भेटघाट
टेक्ससको ब्रायनमा गोली चलाई १ जनाको हत्या र ४ जना घाइते बनाउने संदिग्ध पक्राउ
राजधानी मन्दिरमा नेपाली नयाँ बर्ष २०७८ को कार्यक्रम हुने
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट ८१,७६९ संक्रमित,९५६ जनाको मृत्यु
प्रतिक्रिया