पाँच बोरा गाँजासहित एक पक्राउ
इनेप्लिज
२०७१ फागुन १५ गते ५:०१ मा प्रकाशित
सप्तरी, १५ फागुन । सप्तरीको टिकुलिया गाविस–८ स्थित बलान खोलाबाट पाँच बोरा गाँजासहित एकजनालाई आज पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको भगमानपुर गाविस–१ निवासी ४७ वर्षीय भुलाई यादव रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले बलान खोलाको बगरमा छ÷सातजनाको समूहमा करिब १०५ केजी गाँजाको पोका बनाएर भारततर्फ ओसारपसार गर्ने क्रममा गाँजा तस्करलाई रोक्न खोज्दा तस्कर र प्रहरीबीच गोली फायरसमेत भएको प्रहरी निरीक्षक महेन्द्रबहादुर थापाले बताउनुभयो ।
उहाँका अनुसार गाँजा तस्करलाई रोक्ने क्रममा दुई राउन्ड गोली फायर गरेको र जवाफी कारबाहीमा प्रहरीले पाँच राउन्ड गोली फायर गरेका थिए । गोली फायरपछि तस्करलाई खोज्ने क्रममा प्रहरीले गाँजाको पोकासहित यादव पक्राउ परेको बताएको छ ।
अमेरिकाको मिनेसोटा राज्यको एक तालमा १ बालक मृत अवस्थामा फेला अन्य २ जना अझै बेपत्ता ,हत्याको शंका
न्युयोर्कका सांसदहरूले सरकारी भवन र विद्यालयमा लुकाएर हतियार बोक्न प्रतिबन्ध लगाउने विधेयक पारित
न्यूयोर्कको लायन्स क्लब अफ क्विन्स बुद्धको अध्यक्ष पदमा बिक्की पुलामी निर्वाचित
फ्लोरिडा राजमार्ग गस्तीद्वारा मानव तस्करीका विभिन्न घटनामा दुई दिनमा दुई जना पक्राउ
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
प्रतिक्रिया