आज फेरि…
इनेप्लिज
२०७१ फागुन १५ गते २:०७ मा प्रकाशित
आज फेरि हिउँ परयो
बाटो चिप्लो भयो
हिउँमा चिप्लेको याद आयो
तिमीले सम्भालिदिएको याद आयो
आज फेरि तिम्रो याद आयो
फेरि ती दिनहरु याद आए
तिम्रो बोलीको याद आयो
तिम्रो सदाशयताको याद आयो
तिमीले लुकाएको माया याद आयो
आफुले भन्न नसकेका कुराहरु याद आयो
थाहा थिए हामीलाई
हाम्रा मुटूमा भैरहेका छटपटीहरु
थाहा थिए हामीलाई
ती क्षणहरु मात्रै हाम्रा हुन भन्ने
थाहा थिए हामीलाई
हाम्रा सीमाहरु
क्षण-क्षणको संगालो रहेछ जिन्दगी
त्यो क्षण एउटा क्षण थियो
धेरै छोटो थियो
तर धेरै मीठो थियो
हजार रुप रंग हुन्छन मायाका
सकिन्न बाँध्न एउटै ब्याख्या भित्र
तिमीलाई थाहा थियो
मलाई थाहा थियो
तिम्रो मेरो माया
आफ्नै किसिमको थियो
आज फेरि हिउँ परयो
बाटो चिप्लो भयो
हिउँमा चिप्लेको याद आयो
आज फेरि तिम्रो याद आयो
अमेरिकामा एकैदिनमा कोभिड-१९ बाट १ लाख ७ हजार संक्रमित ,३०१ जनाको मृत्यु
अमेरिकाको मिशिगनमा विनाशकारी घुम्र्पात (टोर्नेडो)को कारण एक जनाको मृत्यु, ४० भन्दा बढी घाइते
ट्रम्पका पूर्व वकिल जुलियानीले जनवरी ६ समितिसँग ९ घण्टा सम्म भेट गरे
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा बने शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल
भर्जिनियाकी एक महिला शिक्षकले सामाजिक संजालमा बाल यौन दुर्व्यवहार सामग्री राखेकोमा पक्राउ
प्रतिक्रिया