चट्याङ पर्दा तीन घर जलेर नष्ट
इनेप्लिज
२०७१ फागुन १४ गते १३:४९ मा प्रकाशित
जिरी, १४ फागुन । दोलखाको जिरी नगरपालिका–७ खावा डाँडामा आज चट्याङ पर्दा तीन घर जलेर नष्ट भएको छ ।
चट्याङ परी तत्कालै आगलागी हुँदा जिरी–७ का याङदोर्जी शेर्पा, पाल्देन शेर्पा र निमा दार्जी शेर्पाको घर जलेर नष्ट भएको हो ।
बिहानदेखि परेको वर्षा र हुरी बताससँगै आएको चट्याङले तीन घर नष्ट हुँदा तीन परिवारका १२ जना विचल्लीमा परेका छन् ।
विचल्लीमा परेका परिवार छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । जिरी–७ खावाडाँडामा रहेको पाल्देन शेर्पाको घरमा जिरीस्थित रेडियो हिमालीको टावर रहेको र सोही टावरमा चट्याङ पर्दा घरमा आगलागी भएको स्थानीय डुके शेर्पाले बताउनुभयो ।
चट्याङबाट रु ५० लाखभन्दा बढीको क्षति भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । तीन घण्टापछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय जिरीको पहलमा आगो नियन्त्रणमा आएको थियो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया