अनेसास जर्जिया च्याप्टरको ऐतिहासिक पुनर्गठन
अमेरिकाको जर्जिया राज्यमा, सन् २००५ मा स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जर्जिया च्याप्टर एक ऐतिहासिक बैठक संगै पुनर्गठित भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा र अनेसासका सल्लाहाकार एवं च्याप्टर/आजीवन सदस्य विस्तार समीतिका संयोजक तथा नासाका उपाध्यक्ष बिमल नेपालको बिशेष उपस्थितिमा फेब्रुअरी १५, २०१५ गतेका दिन सम्पन्न उक्त बैठक जर्जिया च्याप्टरका तत्कालिन अध्यक्ष चेतनाथ घिमिरेको निवासमा सम्पन्न भएको थियो । बैठकको संयोजन नेपालीज एसोसिएसन इन साउथ इस्ट अमेरिका (नासा) का पूर्व अध्यक्ष संजीव सापकोटाले गर्नुभएको थियो ।
बैठकमा कन्फेरेन्स कल मार्फत विभिन्न ठाउँबाट धेरै जनाको उल्लेखनिय सहभागिता रहेको थियो भने जर्जियाबाट अम्बिका लोहिनी, गोबिन्द श्रेष्ठ, गीता देवी सापकोटा र नमिता घिमिरे प्रतक्ष्य सहभागी हुनुहुन्थ्यो । सोही बैठकले अनेसासका पधाधिकारीहरुको सल्लाह र सुझाब अनुरुप सर्बसम्बत पुन: चेतनाथ घिमिरेकै अध्यक्षतामा एक कार्यसमिति गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा अम्बिका लोहनी, महासचिबमा किरण ढकाल, सदस्यहरुमा गोबिन्द श्रेष्ठ र गीता देवी सापकोटा सर्बसम्बत चयन हुनुभएको छ । यसै गरी पुनर्गठित अनेसास जर्जिया च्याप्टरको सल्लाहाकारमा संजीव सापकोटा रहनु भएको छ ।
बैठकमा, अनेसासका केन्द्रीय अध्यक्ष पदम विश्वकर्माले नब गठित कार्यसमितिलाई शुभकामना दिदै च्याप्टरको सक्रियता र बिकासको निम्ति आफ्नो निरन्तर सहयोग र समर्थन रहने दृढता ब्यक्त गर्नु भएको थियो । यसै गरी अनेसासका सल्लाहाकार एवं च्याप्टर/आजीवन सदस्य विस्तार समीतिका संयोजक तथा नासाका उपाध्यक्ष बिमल नेपालले च्याप्टरको पुनर्स्थापनाले पुन एकपटक सबैलाई आफ्नो-आफ्नो ठाउँमा एकजुट भएर च्याप्टरको विकासको लागि प्रेरणा र हौसला बढाउने प्रसंसा गर्नुभएको थियो । बैठकमा सहभागी नमिता घिमिरेले सन् २००५ मा स्थापित अनेसास जर्जिया च्याप्टर विभिन्न कारण र कठिनाइहरुले गर्दा निस्क्रिय रहेर पनि आज ठीक दश बर्ष पछि पुन: घिमिरेकै अध्यक्षतामा पुनर्गठित हुनुलाई ऐतिहासिक भएको दाबी गर्नुभएको थियो । कार्यक्रमको अबसरमा स्थानीय समाजसेबी एबं नेपाली साहित्यलाई मायाँ गर्नुहुने गोबिन्द श्रेष्ठले संस्थाको आजीवन सदस्यता ग्रहण गर्नु भएको थियो ।
यसै गरी नव-गठित कार्यसमितिका अध्यक्ष चेतनाथ घिमिरेले अनेसास जर्जिया च्याप्टर मार्फत सम्पूर्ण नेपाली मनहरुलाई समेटी नेपाली साहित्यको जगेर्ना गर्दै सबै माझ लोकप्रिय र ब्यापक बनाउन आफ्नो निरन्तर कोसिस जारी रहने बताउंदै यथासक्य छिटो नवगठित कार्यसमितिलाई पूर्णता दिदै, भाबी योजना र कार्यक्रमहरु सार्बजानिक गरिने पनि बताउनु भएको थियो । जर्जियामा अनेसासको च्याप्टर पुनर्गठनले यस क्षेत्रमा नेपाली भाषा र साहित्यमा थप योगदान पुग्ने बिश्वास लिईएको छ ।
(अनेसास जर्जिया को लागि किरण ढकाल को रिपोर्ट)
अमेरिकाको केन्टकीमा बन्धुकधारीको आक्रमणबाट २ प्रहरीहरुको मृ्त्यु
अमेरिकाको केन्टकीमा गोली चल्दा कैयौं प्रहरी अधिकारी घाइते: १ जना मारिए ,संदिग्ध पक्राउ
अमेरिका नेपाल सहयोगी समाजको वनभोज कार्यक्रम सम्पन्न
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (डिएमभिपी) च्याप्टरको दोस्रो भेला साकेला नाच्दै सम्पन्न
वाशिंगटनमा पहिलो लखः चैत्य पुजा ब्रत
प्रतिक्रिया