बोक्सी लगाएर आमा मारेको भन्दै साधुलाई हत्या गर्ने तीन पक्राउ
सप्तरी, १३ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा तीन दिन अगाडि एक साधुको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तीन दिन अगाडि सप्तरीको त्रिकौल गाविस– १ निवासी ६० वर्षीय साधु जोखन खंगको हत्या भएको थियो ।
खंगलाई टाउकोमा लाँठीले प्रहार गरी हत्या गर्ने एकै परिवारका दाजुभाइ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– ५ बस्ने बच्चु खत्वेको २३ वर्षीय छोरा आशाराम, १८ वर्षीय छोरा देवकुमार तथा सोही ठाउँका १७ वर्षीय सन्तोष मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सप्तरीको लोहजारा गाविस– २ निवासी चलितर मण्डलको घरमा लुकेर बसेकोे अवस्थामा पक्राउ गरिएको लम्सालले बताउनुभयो ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने जिल्ला प्रहरी कर्यालय सप्तरीले जनाएको छ ।
न्यूयोर्कमा सिटी काउन्सिल जिल्ला २५ का उम्मेदवार यी(एन्डी)चेनको समर्थनमा कार्यक्रम हुने
अमेरिकामा कोरोना संक्रमित र मृत्यु हुनेको संख्यामा वृद्धि हुदै ,चार जनामा एक जना वयस्कलाई पूर्ण खोप
गैरआवासीय नेपाली संघको पौष मसान्त सम्मको हिसाब किताबको बिबरण सार्वजनिक
बाइडनले सामूहिक गोलीबारी पछि दबाब बढ्दै जाँदा सीमित बन्दूक प्रतिबन्धको घोषणा
टेक्ससको ब्रायनमा गोलीबारी हुँदा १ जनाको मृत्यु,५ जना घाइते
प्रतिक्रिया