इलाममा एम्बुलेन्सको भाडा १० प्रतिशत घट्यो

इनेप्लिज २०७१ फागुन १३ गते ५:१० मा प्रकाशित

ambulanceइलाम, १३ फागुन । जिल्लामा सञ्चालित एम्बुलेन्सले लिने भाडामा १० प्रतिशतले घटाएको छ ।

एम्बुलेन्सको भाडा चर्काे भएको व्यापक गुनासो आएपछि एम्बुलेन्स सेवा सञ्चालक समितिले भाडा घटाएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति देवीप्रसाद गौतमले जानकारी दिनुभयो ।

नयाँ भाडादरअनुसार इलामदेखि विर्तामोडको रु तीन हजार ९५० निर्धारण गरिएको छ । यसअघि त्यहाँसम्मको भाडा रु चार हजार ४०० थियो ।

भद्रपुरसम्मको रु चार हजार ४००, दमकसम्मको रु पाँच हजार ३००, विराटनगरसम्मको रु सात हजार ७०० र सिलिगुडीसम्मको रु छ हजार ६०० कायम गरिएको समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिनुभयो ।

यसैगरी इलामदेखि राँकेसम्मको रु दुई हजार २००, पौवासारतापसम्मको रु दुई हजार ४५०, रक्सेसम्मको रु एक हजार ३५० र नेपालटारसम्मको रु ९०० कायम भएको छ ।

इलामदेखि धुलाबारीसम्मको रु तीन हजार ९५०, काँकडभिट्टासम्मको रु चार हजार ४०० र भरतपुरसम्मको रु २१ हजार ६०० कायम गरिएको छ ।

इलाम नगरपालिकाको १ र २ नम्बरलाई रु ३००, ३ नम्बरदेखि ९ नम्बरसम्मलाई रु ५०० निर्धारण गरिएको छ । इलाम अस्पतालदेखि माईखोलासम्मको लागि रु ८००, गोदकको जौवारीसम्म रु एक हजार ८००, तीनघरेसम्मको रु एक हजार ८००, घट्टासम्मको रु एक हजार ४५०, फिक्कलसम्मको रु दुई हजार २५०, भालुखोपसम्मको रु एक हजार ८५०, पशुपतिनगरसम्मको रु दुई हजार ६५०, पञ्चकन्यासम्मको एक हजार ९५० कायम गरिएको छ ।

यसबाहेक अन्य क्षेत्रमा एम्बुलेन्सले पहाडी क्षेत्रको कालोपत्रेमा प्रतिकिलोमिटर रु २५, कच्ची सडकमा रु ३५ लिन पाउने छन् । तराई क्षेत्रको कालोपत्रेमा रु १५ र कच्चीमा रु २५ प्रतिकिलोमिटर भाडा लिन पाउने भाडा निर्धारण समितिले जनाएको छ ।

जिल्लामा रेडक्रस, जिल्ला अस्पताल र विभिन्न सङ्घसंस्थाले दिएका गरी सात वटा एम्बुलेन्स सञ्चालित छन् ।

प्रतिक्रिया