प्रचण्ड भानु तापिलो रहेन ग्रिष्म अ-सफल भयो
छहारिहीन वृक्षको मुनि अहा कति सयल भयो
न भैंसी भैंसी नै रह्यो न गाई भो न बाछी नै भयो
हलो र फाली थन्किए नबोक्नु टोक्नुको बयल भयो
दुहेर दूध मस्तिले भरेर चांग लाइ ढाकर
फ़लाउछु म नासपाती भन्दथ्यो सबै मयल भयो
घमण्ड जुनकिरी बनेर अन्धकार मेटीदिन्छु म
भनेर राति चम्कियो यता उता पनि गयल भयो
बनेन काम मेटिने भयो निशान नाम बिल्कुल
लहेर क्या लिएछ मार्ग नै जता पनि फयल भयो
प्रतिक्रिया