शनिबार, कार्तिक १५ २०७७
काठमाडौं ०७:३५
वासिङटन डिसी 21:50

एनआरएन अमेरिकाको लागि कृष्ण केसीले महासचिब पदमा उम्मेदवारी दिने l

इनेप्लिज २०७१ फागुन १२ गते २:२७ मा प्रकाशित

krishna 1

डिसी

पत्रकार तथा वर्तमान गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका संचार संयोजक कृष्ण केसीले आसन्न एन आर एन अमेरिकाको निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने भएका छन् l

हाल आफु एन आर एन अमेरिकाको एक जिम्मेबार पदमा रहेको आगामी मार्च २१ र २२ तारिखमा एन आरएन एनसीसी अमेरिकाको तेश्रो बार्षिक साधारण सभामा आफु केन्द्रित भएकोले अहिले नै औपचारिक घोषणा गरि हाल्नु पर्ने हतार नभएको बताएका छन् l

कामको चटारो कहिले समाप्त नहुने हुनाले केसी पूर्ण तयारको साथ आउने भएका छन् l आन्तरिक रुपमा तयार भै रहेको र अधिवेसन समाप्त भए पछि औपचारिक घोषणा गर्दै महा सचिव पदमा उम्मेदवारी दिने पक्का भएको छ l

निर्वाचन हुन् निक्कै महिना बाकी रहेकोले उम्मेदवार दिन हतार गर्दिन l सबैसंग सर सल्लाह गरेर उम्मेदवारी दिने आफ्नो स्वभाव भएकोले अलिक पछि उम्मेदवारी दिने सोच बनाएको छु भन्दै मार्च २१ र मार्च २२ मा डिसीमा हुने एनआरएन अधिवेसनमा सबैलाई आमन्त्रण गर्न चाहेको बताए l

गत बर्ष संचार संयोजकमा पनि आफुले अन्तिम अवस्थामा उम्मेदवारी दिएको बताउदै हतार केहि छैन भन्दै संचार संयोजक पदले धेरै कुरा सिकाएकोले आगामी निर्वाचनमा महा सचिव पदमा उम्मेदवारी दिने मनस्थिति बनाएको बताए l

प्रतिक्रिया