आन्दोलन छाडेर वार्तामा आउन आग्रह
जनकपुरधाम, ११ फागुन । भौतिक योजना तथा यातायातमन्त्री विमलेन्द्र निधिले विपक्षी दललाई आन्दोलनको कार्यक्रम स्थगित गरेर वार्तामा आउन आग्रह गर्नुभएको छ ।
उहाँले आन्दोलनले मुलुकलाई निकास दिन नसक्ने भएको कारणले वार्तामा आएर सहमति खोज्न आग्रह गर्नुभयो ।
नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा मन्त्री निधिले विपक्षी दलले आन्दोलनको कार्यक्रम गर्नु अहिले सान्दर्भीकसमेत नभएको बताउनुभयो ।
उहाँले प्रक्रियामा गएर संविधान जारी गर्नु र विपक्षीले आन्दोलनमा जानु दुवै सोच अतिवादी भएको कारणले अतिवादी सोचले मुलुकलाई समस्यामा पार्ने बताउनुभयो । उहाँले भन्नुभयो– सरकारमा रहेका दलहरुले प्रक्रियामा गएर संविधान जारी गर्छु र विपक्षीले सडकमा गएर त्यसलाई जलाउछु भन्नु अतिवादी सोच हो । अतिवादी सोचले मुलुकलाई समस्यामा पार्ने र संविधानसमेत दिन सक्दैन ।
मन्त्री निधिले सङ्घीयताको विषयमा देखिएको विवादलाई छलफलको माध्यमबाट निकास खोज्नुपर्ने आवश्यकता रहेको बताउँदै निर्वाचन क्षेत्रको आधारमा समेत प्रदेशको निर्माण गरेर निकास खोज्न सकिने बताउनुभयो । उहाँले सङ्घीयता आए मुलुक टुक्रिन्छ भन्नु अतिवादी सोच बाहेक अरु केही नभएको बताउदै मधेस जनता सदैव राष्ट्रियताप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।
युनियनका धनुषा अध्यक्ष शैलेन्द्र झाको अध्यक्षतामा भएको सो कार्यक्रममा तराई टाइम्सका कार्यकारी सम्पादक वीरेन्द्र रमणलाई उत्कृष्ट युवा पत्रकारिता पुरस्कार, स्वर्गीय नवलकिसोर साह समाचार लेखन पत्रकारिता पुरस्कार नवलकिसोर यादव र उत्कृष्ट सम्पादन पुरस्कार प्रवीण साहलाई प्रदान गरियो । सो पुस्कारको राशि रु पाँच हजार एक सय रहेको छ । पुरस्कृत पत्रकारहरुलाई मन्त्री निधिले दोसल्ला ओढाई सम्मान गर्नुभएको थियो ।
टेक्ससका एक व्यक्तिले भर्जिनिया स्थित तथ्याँक केन्द्रलाई बिस्फोट गर्ने योजना बनाउदा एफबिआईद्वारा पक्राउ
एनआरएन अमेरिकाको बोर्ड अफ डाइरेक्टरमा सुवेदीले उम्मेदवारी दिने
जर्जियामा द्रुतगतिमा गाडी कुदाउनेलाई पछ्याउने क्रममा गोली हानाहान हुँदा संदिग्ध मारिए ,३ प्रहरी घाइते
फाइजरले १२-१५ बर्षका बालबालिकाको लागि आकस्मिक खोपको प्रयोग गर्न एफडिएसंग अनुमतिको माग
गिरिजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरको नॅंया कार्यसमिती गठन
प्रतिक्रिया