बुधबार, कार्तिक १२ २०७७
काठमाडौं २१:००
वासिङटन डिसी 11:15

इलामको गोदक जौबारीका युवकको शव फेला

इनेप्लिज २०७१ फागुन ११ गते ७:५७ मा प्रकाशित

ilam-mapइलाम, ११ फागुन । इलामको गोदक–९ जौबारीका एक युवक आज बिहान मृत अवस्थामा फेला परेका छन् ।

जौबारीका ३५ वर्षीय कर्णबहादुर तामाङ आइतबार साँझदेखि घरबाट हराइरहेकोमा आफन्तले उनको खोजी गर्ने क्रममा घर नजिकै मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनास्थलतर्फ आइतबारेबाट प्रहरी टोली गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार तामाङको लडेर मृत्यु भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया