शिक्षक नेपालको निधनको शोकमा आज सुनसरीका सामुदायिक विद्यालय बन्द

इनेप्लिज २०७१ फागुन ११ गते ७:५४ मा प्रकाशित

300px-Sunsari_district_locationइनरुवा, ११ फागुन । सुनसरीको चाँदवेला–९ बरछवाको श्री प्राथमिक विद्यालयमा द्वितीय श्रेणीमा कार्यरत शिक्षक ठोमप्रसाद नेपालको निधन भएपछि शोक मनाउन सोमबार एक दिनका लागि सुनसरी जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द भएका छन् ।

नेपाल शिक्षक युनियन सुनसरीले शिक्षक नेपालको निधनप्रति दुःख व्यक्त गर्दै जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालयमा शोकसभा गरेर एक दिनका लागि बन्द गर्न आग्रह गरेपछि सबै सामुदायिक विद्यालय बन्द भएको शिक्षक युनियन सुनसरीका अध्यक्ष सत्यनारायण मेहताले बताउनुभयो ।

श्री प्राथमिक विद्यालयमा लामो समय सेवा गर्नुभएका शिक्षक नेपालको इनरुवास्थित आफ्नै निवासमा आइतबार निधन भएको थियो ।

प्रतिक्रिया